Wednesday 18th March 2026

फेरिँदै मानव तस्करीको रुट, खाडी जान श्रीलंकाको बाटो !


तितोपाटी – नेपालीलाई अवैध बाटोबाट विभिन्न मुलुक लैजाने मानव तस्करीको रुट फेरिन थालेको छ । तस्करहरुले भारतलगायत विभिन्न मुलुकबाट अवैध रुपमा नेपालीलाई विभिन्न मुलुक पुर्‍याउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ । पटक–पटकका प्रहरी अनुसन्धानले पछिल्लो समय तस्करीको रुट फेरिँदै गएको देखाएको हो ।
प्रहरी अध्ययनले खाडी मुलुक जान पनि भारत हुँदै नेपालीहरु श्रीलंकाको बाटो प्रयोग गर्ने गरेको देखिएको छ । विभिन्न समयमा श्रीलंकामा नेपाली महिला पक्राउ परेर जेल समेत गएका छन् । नेपालले श्रमको अनुमति नदिएका मुलुकमा जानका लागि भारत हुँदै अवैध रुपमा श्रीलंका हुँदै विभिन्न देशका जाने गरेको पाइएको छ ।

अवैध बाटोबाट जानेहरु समस्यामा परे उद्धारमा समेत कठिनाई हुने गरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले जानकारी दिइन् । उनका अनुसार अवैध बाटोबाट श्रीलंका पुगेका ३० जना महिला जेलमासमेत परेका थिए । उनीहरुलाई उद्धार गरेर नेपाल ल्याइएको थियो । उनका अनुसार पछिल्लो समय दर्जनौं देशबाट नेपालीहरु अवैध रुपमा विभिन्न देश गइरहेका छन् ।

यस्ता छन् नेपालबाट मानव तस्करी हुने रुट
कुबेत : काठमाडौं–काकडभित्ता, सिलगुडि हुँदै नयाँ दिल्ली, श्रीलंकास्थित कोलोम्बोमा पुर्‍याइ अलपत्र ।
पोर्चुगल : नेपाल एयरपोर्ट, दिल्लीबाट रेलको माध्यमबाट मुम्बई हुँदै कम्बोडिया ।

इराकको कुर्किस्थान : नेपाल, दुवई, इराकको कुर्किस्थान, इराकको बगदाद ।
अजरबैइजन : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, अजरबैइजन ।
लिबिया : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, लिबिया ।
अमेरिका : त्रिभुवन विमानस्थल–दुवई–मस्को–ईटाली–बोलेभिया–पेरु–इक्वडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुवा–होण्डुरस–ग्वाटेमाला–मेक्सिको–अमेरिका ।
रसिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल –दुवई–मस्को–रसिया ।
क्यानडा : भारतको दिल्ली– सिंगापुर–फिलिपिन्स–पपुवा न्युगिनी–सोलोमन–आइसल्याण्ड–भानुआटु–सोलोमन–आइसल्याण्ड–फिजी–सिंगापुर–दुबई–नेपाल फिर्ता ।
पोल्याण्ड : त्रिभुवन विमानस्थल–मलेसिया–कम्बोडिया हुँदै लाओससम्म ।
इटाली : त्रिभुवन विमानस्थल–दुवई–जोर्डन–लिवियासम्म ।
जापान : वीरगन्ज नाका हुँदै भारतको नयाँ दिल्ली–टर्की–ग्रिससम्म ।
नर्वे : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल– भारतको नयाँ दिल्ली–मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म ।
अस्ट्रेलिया : त्रिभुवन विमानस्थल–मलेसिया–इण्डोनेसियासम्म ।
पोर्चुगल : नेपाल–भारतको दिल्ली–मलेसिया–मरक्को–नाईजेरीया–नाइजरसम्म ।
कम्बोडिया : काकडभिट्टा, आसाम, नागाल्याण्ड, मणिपुर हुँदै म्यानमार थाइल्याण्डसम्म पैदल र थाईल्याण्डबाट कम्बोडियासम्म हवाई मार्ग ।यो समचार बाह्रखरीमा केशवराज जोशीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...