Wednesday 18th March 2026

कुवेतमा विदेशी कामदारको अभाव-१२ महिनामा बाहिरीए झण्डै २ लाख आप्रवासी


तितोपाटी- कोरोनाका कारण कुवेतले बिगत डेढ वर्ष देखी विदेशी कामदारहरुको आगमनमा कडाइ गरे संगै यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव देखिएको छ।

विशेष गरी कुवेतका साना ठुला व्यावसायिक क्षेत्रहरुमा विदेशी कामदारहरु कोरोनाकाल अघी धेरै मात्रमा रहेकोमा विश्वव्यापी कोरोना महामारीको कारण रोजगारी संकटमा परेको समयमा धेरै विदेशी कामदारले कुवेत छोडेपछि होटेल, रेष्टुरेन्ट लगायतका क्षेत्रहरुले पर्याप्त मात्रमा कामदार नपाएर समस्या व्यहोरीरहेका छन।

कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा कुवेतमा कामदारको अभाव देखिएको हो।

वर्षौदेखी कुवेतको विभिन्न क्षेत्रहरुमा नेपालीहरुले काम गर्दै आइरहेका छन। अझ अहिले त नेपाली कामदारलाई राम्रो काम गर्ने र हरेक विषयमा नेपालीहरु अब्बल रहेको बुझिन्छ। त्यस कारणले पनि होटेल, रेष्टुरेन्ट लगायत अन्य कम्पनीको उच्च तहसम्म नेपालीको माग बढेको पाइन्छ।

वैधानिक रूपमा कार्यरत आप्रवासी कामदारको संख्या करिब ३४ लाखको हाराहारीमा रहेको कुवेतमा केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार गत २०२० को मार्च महिना देखी २०२१ को मार्च महिना सम्म झण्डै दुई लाख वैध आप्रवासीहरुले कुवेत छोडेको पाइएको छ। यसको सीधा प्रभाव सुपरमार्केट, होटेल रेष्टुरेन्ट तथा अन्य क्षेत्रमा परेको छ।

श्रम बजार प्रणालीको तथ्यंक अनुसार कुवेतको १५ विभिन्न रोजगार क्षेत्रहरुबाट गरी २ लाख आप्रवासीहरुले कुवेत छाडेका हुन। देश छाड्ने मध्यमा भारत पहिलो नम्बर, इजिप्ट, दोश्रो नम्बरमा रहेको छ, भने बाकी नेपाल, फिलिपिन्स र इण्डोनेसिया श्रीलंका, बंगलादेश, लगायतका अन्य देश रहेका छन् ।

२०२० को समयमा झण्डै ८० हजार नेपाली कामदार रहेको कुवेतमा विदेशी कामदार घट्दैजाँदा गत डेढवर्ष यता आउने नेपाली पनि हवात्तै घटेका छन् ।

महामारीका कारण आ–आफ्नो देश फर्केका कामदार अहिले पनी पूर्णरूपमा कुवेत फर्किएका छैनन्।

कुवेतमा अवैधानिक कामदारको संख्या

कुवेतको केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार यहाँ करिब १ लाख ५० हजार भन्दा बढ़ी कामदार अवैध रुपमा रहेको बताएको थियो ।

यस अघी आफ्नो जरिवाना तिरी वैधानिक बन्न वा सहज तरीकाले देश फर्किन मौका दिएको थियो। सोही अनुरूप अवैध रहेका आप्रवासीहरुलाई वैध बन्न दिइएको समयसीमाभित्र आत्मसमर्पण नगरेकाहरूलाई कुवेत प्रहरीले कुवेतका विभिन्न सहरहरुमा, अवैध आप्रवासीहरुलाई नियन्त्रणमा लिने अभियाननै चलाएपछि कामदारको थप अभाव हुने देखिएको छ ।

अवैधानिक रूपमा कुवेतमा बसिरहेका विदेशी कामदारलाई दिइएको पाँचौ पटक वैधानिक बन्ने अवसरको समय सकिएपछि गत एक महीनादेखी कुवेत अधिकारीहरूले चेक जाँच कार्यलाई तीव्रता दिएका छन्। चेक जाँचमा एसियाली नागरिकहरु ठुलो संख्यामा पक्राउ परेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...