Friday 3rd May 2024

९ जना सर्जकका पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग १


देव पितृ कार्यमा महत्व बाेक्छ कुश ।
फेदमा ब्रह्मा बसे महत्व घेाक्छ कुश र
सनातन धर्ममा कुश नभै नहुने
यदि ऊ छैन भने महत्व राेक्छ कुश ।
पाप धर्म जे पनि महत्व ताेक्छ कुश ।

मेरा पितासँग बस्न पाइन कहिले ।
पिताकाे मायामा फस्न पाइन कहिले ।
म सानाेछँदा पिता परलाेक गाएकाे
पिता पाउ तेल घस्न पाइन कहिले ।
मैले पिताबाट डस्न पाइन कहिले ।

-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

पञ्चाङ्ग २

मीठो खाना खाँदै नाना राम्रो लाएँ आजसम्म ।
धेरै कमजोरी थियो सिक्दै आएँ आजसम्म ।
धर्तिमा टेकाइ विश्व देखाउने मातापिता
तिम्रै कारणले लोकमा हिँड्दै धाएँ आजसम्म ।
मातापिताको मायाँ देख्न पाएँ आजसम्म ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ३

पिताले जन्माए र त भुवनमा डुल्दछु सधैं।
पढाएथे राम्राे तब वचनमा खुल्दछु सधैं।
पढेँ डिग्री राम्राे सबल पनि भै अाउन गएँ
त्यसैले ज्ञानी भै छल कपटले फुल्दछु सधैं ।
सबै बिर्सेँ ऐले किन किन पिता भुल्दछु सधैं।

पिताजीले जन्माएर देह पाएँ मैले।
ब्रह्माण्डका सारा वस्तु देख्न अाएँ मैले।
मलाई नै हुर्काउन कति दुःख गरी
उहाँले नै कमाएकाे धन खाएँ मैले।
जे दिनु भाे नाङ्गो हुँदा त्यही लाएँ मैले।

छाेरा छाेरी यदि हुन गए केही हाेला कि भन्दै।
साेच्दै ज्ञानी असल मनकाे बन्छ भाेला कि भन्दै।
यस्तै बिन्ती प्रभु चरणमा गर्दछन् भक्ति साथ
लाला बाला यदि हुन गए भित्र राेला कि भन्दै।
पढ्दै बढ्दै असल मनले दिन्छ पाेला कि भन्दै।

चाेखाे शुद्ध वनस्पति कुश मान्छाै हामी।
भित्र्याउन भने सधैं अाैंसी छान्छाै हामी।
त्यसैले त कुसे अाैंसी नाम राखे यहाँ
कुश काट्दा नयाँ हरियाे नै तान्छाै हामी।
पवित्र भै कुश भित्र्याउदै खान्छाै हामी।

माेतीराम थिए अरे गजलका,भाेका र प्यासा सधैं।
लेख्थे भाव अनन्त प्रेम रसका,राम्रा र खासा सधैं ।
अाजैका दिनमा धरा जगतमा,जन्मेर आए अरे
तुर्केली अनि फारसी गजबले,हानेर पासा सधैं ।
सम्झन्छन् जहिल्यै यसै दिन सदा,माेती र लासा सधैं।

ताेयानाथ सुवेदी
२०७८/०५/२३

पञ्चाङ्ग ४

जन्माई हुर्काई बढाई दिनु भयो खाई नखाई आज।
कुशे अौँसीको दिन मुख हेर्छौँ बुवा हजुरलाई आज।।
दर्शन गर्दछौँ जे जति छन् हजुरको सन्तान हरुले
दिदी बहिनी हरुछन् अनि हामी दुई दाजुभाई आज।।
ईश्वरले दियौ खुसी छौ आमा बा भगवान पाई आज

लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

पञ्चाङ्ग ५

सुतायौ बाबा हामीलाई आफ्नो निद्रा लुकाई तिमी ।
हँसायौ बाबा हामीलाई आफ्नो आँसु सुकाई तिमी ।
आकाश जत्रो छातीमा कति छ कति माया है बाबा
कर्तव्यमा लिप्त रह्यौ आफ्नो भावना झुकाई तिमी ।
सन्ततीलाई स्याहार्यौ पूर्खाको ऋण चुकाई तिमी ।

मनिष कुमार शर्मा ‘समित’

पञ्चाङ्ग ७

हात भरी ठेला उठ्यो खनेर बारिमा।
राम्रो बिउ लगाउन भनेर बारिमा।
आर्गेनिक तरकारी उत्पादन गरौ
खान हुन्न विषादि ति छरेर बारिमा ।
बन्छ आफ्नै पाखुरिले गरेर बारिमा।

अमृतका थोपा दियौ मोती मनमा छौ।
साहित्यिक भाषा ज्ञाता जन जनमा छौ।
पखालिए अबोधता खुल्यो ज्ञान चक्षु
पछ्याएछौ तिम्रो पथ तिमी तनमा छौ।
युगौ सम्म अमर मनको धनमा छौ।

मोती तिम्रो सम्झना हालमा परे यहाँ।
प्रेम का धारा पोख्दै जालमा परे यहाँ।
लेख्यौ रचना तुर्केली फारसी ‌भाषामा
तिम्रो भाषा साहित्य छालमा परे यहाँ।
चम्क भाषा ज्ञानले मालमा परे यहाँ।

माता पिता हजुरको लागी आएँ यहाँ ।
नदी तिरमा बसी तर्पण लाएँ यहाँ।
तिम्रै संस्कार सिकेर यहाँ सम्म आएँ
अझै अगाडी बढ्ने हिम्मत पाएँ यहाँ।
आशिष तिम्रो नै मिठो खाएँ यहाँ।

-लक्ष्मी बस्याल बर्दिया

पञ्चाङ्ग ६


लर्वराउदै सधैं हिड्छौ इज्त् को डर छैन् !
यस्तै कुलत बानीले बस्न एउटा घर छैन् !
सोध्दा खेरि वर पर पैचान पनि खुल्न गाह्रो !
बनी सक्यौ निर्जिव जस्तैं कुनै केही भर छैन्!
के बताउ नालि बेलि ठेगान छैन ठहर छैन्!

भो नमाग म संग हिरा मोति अनि सुन चाहिन्छ !
म दिन्छु बरु माग मुटु कलेजो नै कुन चाहिन्छ??
शंका नै लाग्छ म माथि अझै पनि तिमीलाई भने
अलग राखबरु खानालाई देउ नुन चाहिन्छ।
बरु दिन्छु अाउ पर्दा कहिं नेभेटे खुन चाहिन्छ।

दुर्गा आचार्य
खोटाङ्गेली

पञ्चाङ्ग ७

जन्म दिएपछि मात्र आज आएँ यहाँ।
जे जे दिन्थे मातापिता त्यही खाएँ यहाँ।
माया, प्रेम, समताले हेर्नु हुन्थ्याे सधैं ।
पिताजीले जे दिनु भाे लुगा लाएँ यहाँ।
ज्यूदाे द्याैता आमा बाबा मैले पाएँ यहाँ ।

मातापिताको फूल यो धर्तीमा आएँ म ।
माताको ममतामयीको धारा खाएँ म ।
माया, प्रेम, समता प्रकृतिमा भेटियो
पिताको स्नेहको न्यानो कपडा लाएँ म ।
भगवान् मातापिता यो धर्तीमा पाएँ म ।

हुटिट्याउँले आकाश पूरै आफै थामेँ ठान्छ हेर ।
नेताज्यूले सफलकाम आफूतिर नै तान्छ हेर ।
बानी लागेपछि के गर्नु बिचरा! बुझौँ अब हामी
डुलुवा बानी लागे कुकुर सधैं कता जान्छ हेर ।
दिनै नखा भनेको चिज ढोका खुल्दैमा खान्छ हेर।

-सविता के.सी. काठमाडौं

पञ्चाङ्ग ८

सताइ रहन्छ यादले नै पलपल यस्तै छ ।
नयन भरी उभि रहन्छ झलझल यस्तै छ ।
बिछोडका ती दिनले सिकाएका धेरै कुराले
सम्झदा मनमा आगो बल्छ हरपल यस्तै छ ।
यता हो कि उता हो जिन्दगी ढलपल यस्तै छ ।

दुर्गा भट्टराई,मोरङ


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...