Friday 18th September 2026

भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ ले पराजित


तीतोपाटी – भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । आज आइतबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।

यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 


सम्बन्धित शीर्षकहरु

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको…

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

प्रतिकृयाहरू
...