Thursday 19th March 2026

जन-जागृति युवा समाजद्वारा रामेछापको खाँडदेवीमा निर्माणाधिन पशुपति नाथ मन्दिर निर्माणार्थ सहयोग


तीतोपाटी – जन-जागृति युवा समाज कुवेतले रामेछाप जिल्लाको खाँडदेबी गाउँपालिका-३ आँपचौर स्थित पशुपतिनाथको मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेको छ । जन-जागृतिको सामाजिक सेवा कोष तथा सहयोगी मनका धनी व्यक्ति व्यक्तित्वहरू विच रकम संकलन गरि कुवेती दिनार १२१ के.डी. ५०० फिल्स संकलन गरि उक्त रकमको हुन आउने नेपाली रूपैयाँ ४६ हजार ९ सय ४१ रूपैयाँ ९६ पैसा गृह जिल्लामा सहयोग पठाएको कुरा जन-जागृति युवा समाज कुवेतका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

यस अघि उक्त मन्दिर निर्माणार्थ सहयोगको लागि खाँडदेवी गाउँपालिकाको वडा कार्यालयबाट पत्राचार गरिएपछि जन जागृति युवा समाज कुवेतका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा सहकर्मी मित्र कृष्ण कार्कीको पहलमा जन-जागृतिको तर्फबाट संस्थागत तथा अन्य व्यक्तिगत जम्मा १५ जना दानवीरहरुबाट सहयोग रकम संकलन गरिएको थियो । पशुपति मन्दिर निर्माण सहयोगार्थ नेपाल स्थित सम्बन्धित ब्यक्तिलाई एकमुष्ठ पठाइएको जानकारी दिंदै सहयोग उपलब्ध गराउनु हुने यस जन जागृती युवा समाज कुवेत लगायत समग्र सहयोगीहरु प्रति विशेष आभार व्यक्त गरेका छन् ।

स्मरण रहोस, मानविय र सामाजिक सेवाका कार्य गर्ने उद्देश्यका साथ सन २००९ मा गठन भइ कृयाशिल रहँदै आएको जन-जागृति युवा समाज कुवेतले कुवेतमा जनचेतना, राहत उद्दारका कार्य तथा विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ भने वर्षेनी मातृभूमि नेपालमा शैक्षिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक क्षेत्रमा लाखौं रूपैयाका दरले सहयोग गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...