Tuesday 14th July 2026

कविताः छु खोल्दै रमाई – भुजङ्गप्रयात छन्द -अविचल आस्था मणि


कतै छैन बाटो छु मान्छे, म लाटो
पिएको छु पानी , नशा प्यून साटो
म ढोगेर बस्दै छु सधैं यो माटो
र बन्नै मलाई खुसी लाग्छ लाटो
।।१।।
म स्वच्छन्द बग्ने सधैं कल्पनामा
कला सामु आयौ सधैं सम्झनामा
सला मात्र छायौ अझै क्रन्दनामा
भला लाग्छ मेरी कथा नौरथामा
।।२।।
म खोज्दै छु नौला कथा छन्द नाना
म देख्दै छु वेग्लै नयाँ मूर्त पाना
कसैले मलाई नचिन्ने हुनाले
छ भर्दै सबै यी बासना पालुवाले
।।३।।
चिनेकी मलाई नचिन्दा नि चेप्यौ
मिलेसम्म मौका सकेसम्म हेप्यौ
छ यस्तै भएको यहाँको कहानी
नयाँ जिन्दगानी बनाएँ बिहानी
।।४।।
म लेख्ने कलामा सधैं मूर्त मान्छे
कहानी कथामा सधैं धूर्त मान्छे
छ यो जिन्दगानी नयाँ झैं कहानी
रमी आउनाले खुलेको बिहानी
।।५।।
छु विज्ञात आफैं र विज्ञाति पाएँ
भनौं भन्न होला म औधी रमाएँ
छ म्याग्दे कलाको हुने राजधानी
म फर्केर पठ्ठो भएको जवानी
।।६।।
म भन्दै छु राधा ! बनूँ कृष्ण कामी
दुबैले दुबैको सधैं भाग्य छामी
म मान्छे कलाको र साहित्यको हो
उदाएँ धरामा नयाँ रोशनी पो
।।७।।
छु एक्लै म बोक्ने र नेपाल आमा
खुलाऔं नयाँ क्रान्ति झन् सभ्यतामा
म लेख्ने कलामा नयाँ जिन्दगी हो
छताछुल्ल पार्ने खुली रोशनी हो
।।८।।
छु जोड्ने सफा जिन्दगी तारतम्य
नमान्दा हुने को कसैले अचम्म
नयाँ जिन्दगानी म बोकेर आएँ
सकेसम्म रक्सी म धोकेर आएँ
।।९।।
नयाँ कल्पनाका कहानीहरू छन्
खुले स्वच्छ आभा बिहानीहरू झन्
उमार्ने धरामा सदाचार शैली
छु खोल्दै रमाई कलाकार थैली
।।१०।।

अविचल आस्था मणि
म्याग्दे, तनहुँ, गण्डकी, नेपाल ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

प्रतिकृयाहरू
...