Thursday 22nd January 2026

नेपालमा कोरोना संक्रमण फेरि बढ्यो, एकै दिन ३८४० संक्रमित, ३३ जनाको मृत्यु


तीतोपाटी – नेपालमा कोरोना संक्रमण पुनः उकालो लागेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५८०८ नमूनामा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०८८६ नमूनाको पीसीआर र ४९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट २६ सय ३४ जना र एन्टिजेन विधिबाट १२ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७९१ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार १९९३ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...