Saturday 21st March 2026

चितवनको तास अब सबैको प्रिय परिकार !


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ ।

नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा बसेको हो । तासको जन्मदाताको रूपमा गोविन्दप्रसाद तिवारीलाई मानिन्छ ।

कास्कीबाट विक्रम संवत् ३०३५ सालमा चितवन सरेका थिए उनी । २०४४ सालमा भेटघाट रेस्टुरेन्ट खोलेर अफ्फ्नै घरायसी मसला प्रयोग गरेर तास पस्कन थालेका थिए ।

चितवनको तास बनाउन चाहिने सामग्री :

छाला, फलमासु र बोसो मिसिएको खसीको मासु ५०० ग्राम, तोरीको तेल ४० एमएल, थिचेको अदुवा लसुन ३ चिया चम्चा, मसिनो गरी काटेको प्याज ३० ग्राम, मसिनो गरी काटेको हरियो खुर्सानी ४ पिस, नून स्वाद अनुसार, जीरा धनियाँको धुलो एक र आधा चिया चम्चा, कुटेको सुकेको खुर्सानी आधा चिया चम्चा, मरिचको धुलो १/४ चिया चम्चा, बेसार १/२ चिया चम्चा, मसिनो गरी काटेको हरियो प्याज २ पिस, हरियो धनियाँ १/२ मुठा, गरम मसलाको धुलो १/२ चिया चम्चा, टिमुरको धुलो १/२ चिया चम्चा, कागतीको रस २ चिया चम्चा ।

चितवनको तास बनाउने तरिका :

मासुलाई सानो–सानो पिसमा स्लाइस गर्ने र दिइएको सम्पूर्ण नून मसला हालेर १ रात पहिला नै मोलेर फ्रिजमा राख्ने । पकाउनुभन्दा आधाघण्टा पहिला निकालेर रूम टेम्परेचरमा राख्ने । बाक्लो खालको तावा या प्यान तताउने र मासुलाई ओइराइदिने । मध्यम आँचमा चलाइचलाई पकाउने । १२–१५ मिनटमा तास पटपट गरेर पड्कदै मज्जाले पाक्छ । एउटा प्लेटमा भुजा या चिउरा हाल्ने र साइडमा काक्रो मुलाको अचार, सलाद र बीचमा पाकेको मटन तास राखेर काटेको धनियाँ हालेर सर्भ गर्ने ।

फरक–फरक रेस्टुरेन्टमा फरक–फरक तवरबाट पस्कने भए तापनि तासको महत्त्वपूर्ण पक्ष भनेको मासु भुट्दा मसलाको झुर्का आउनु जरुरी छ र डढ्नु पनि हुँदैन ।

पछिल्लो समय कुखुरा, रागो, बँदेल, बंगुर, टर्की, अस्ट्रिच, कालिज, बटाइ, लोकल कुखुरा, भेडा, च्यांग्रा, चौरी वा अन्य मासुको पनि तास बनाउन थालिएको छ तर पुरानो संस्कार भनेको खसीकै मासुबाट बन्ने हो र पुरानो मिठास पनि यसैमा मिल्ने तासका पारखीको राय छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...