Wednesday 16th September 2026

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि


तीतोपाटी डटकम-२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७/१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

@अनलाइनखबरबाट

 


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...