Wednesday 24th December 2025

लघुकथा : चर्चा -चन्द्रकला अधिकारी


किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । “नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।”

एउटा किराती वारिवाट भन्दै थियो,- “हामी भोकै बस्न सक्छौँ तर यो इतिहास मेट्न सक्दैनौँ । हाम्रा पुर्खाको नासो हो यो । हामी बाँच्नुको अर्थ तबसम्म छ जबसम्म यो बाँचिरहन्छ ।” अर्को किराँती पारिबाट भन्दै थियो, ” यहाँ हाम्रो रगत बगेको छ । हेर्दा निर्जीव लागे पनि यो मारेर नमर्ने ईतिहास हो ।”

चारैतिर बसेर ढुङ्गाको रक्षा गरिरहेका मानिसहरूको एउटै आवाज घन्किएको थियो, “यो किराँत जातिको ईतिहास मात्र नभएर नेपालको अस्तित्वको स्तम्भ हो । विनाश भनेको विनाश हो । प्रकृतिलाई मार्ने होइन बचाउँने हो ।” आज हिमाल, पहाड, तराई, खोलानाला सबैको रक्षा चाहिन्छ ।” यति नै बेला नेपथ्यवाट मधुर स्वरमा डाँडाबाट छुट्टै वाणी बर्सिएको थियो – ” म खुवालुङ हुँ, म बाँच्न चाहन्छु । मलाई बचाऊ ।” सबै भेला भएका भक्तहरूले श्रद्धाभावले लिम्बुनी फूल बर्साएका थिए ।

चन्द्रकला अधिकारी
फालेलुङ – ८, पाँचथर


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...