Thursday 2nd April 2026

लघुकथा : चर्चा -चन्द्रकला अधिकारी


किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । “नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।”

एउटा किराती वारिवाट भन्दै थियो,- “हामी भोकै बस्न सक्छौँ तर यो इतिहास मेट्न सक्दैनौँ । हाम्रा पुर्खाको नासो हो यो । हामी बाँच्नुको अर्थ तबसम्म छ जबसम्म यो बाँचिरहन्छ ।” अर्को किराँती पारिबाट भन्दै थियो, ” यहाँ हाम्रो रगत बगेको छ । हेर्दा निर्जीव लागे पनि यो मारेर नमर्ने ईतिहास हो ।”

चारैतिर बसेर ढुङ्गाको रक्षा गरिरहेका मानिसहरूको एउटै आवाज घन्किएको थियो, “यो किराँत जातिको ईतिहास मात्र नभएर नेपालको अस्तित्वको स्तम्भ हो । विनाश भनेको विनाश हो । प्रकृतिलाई मार्ने होइन बचाउँने हो ।” आज हिमाल, पहाड, तराई, खोलानाला सबैको रक्षा चाहिन्छ ।” यति नै बेला नेपथ्यवाट मधुर स्वरमा डाँडाबाट छुट्टै वाणी बर्सिएको थियो – ” म खुवालुङ हुँ, म बाँच्न चाहन्छु । मलाई बचाऊ ।” सबै भेला भएका भक्तहरूले श्रद्धाभावले लिम्बुनी फूल बर्साएका थिए ।

चन्द्रकला अधिकारी
फालेलुङ – ८, पाँचथर


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...