Friday 26th December 2025

एनआरएनए कुवेतको ७ औं महाधिवेशनको लागि निर्वाचन समिति घोषणा


तीतोपाटी – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्र सारू लाइ निर्वाचन अधिकृत तोकेको छ ।

गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचन समिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो । गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो ।

निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचन अधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले  जानकारी  दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन्   ।

 


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...