Saturday 20th April 2024

रामराजा के.सी. को झरना – ३


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“

१. भोली आउला दुःख भनेर
आज नबस तारा गनेर ।

२. दुःख त आउँछ जान्छ
संघर्ष गर्नेले सुख पाउँछ ।

३. कुण्ठाले फुँडो बनाउँछ
चिन्ताले बुढो बनाउँछ ।

४. चिन्ताले मनमा बनाउँछ सुल
त्यसैले बसौं कुल कुल ।

५. फाइदा छैन केही चिन्ता लिनाले
सफल त जिन्दगी सहयोग दिनाले ।

६. आज आएको चिन्ताको लहरा
भोलीको अनुभवको फहरा ।

७. फूल फुलाउन हाँस
चिन्ताले आफूलाई नास ।

८. शत्रुलाई रुवाउन जान
चिन्तालाई हटाउन मान ।

९. विपत्ति भोली नआउन पनि सक्छ
आज चिन्ता लिनाले निद्रा सबै भाग्छ ।

१० . सोच त हिजो , रमाइलो थियो
नहुने चिन्ता आज किन लियो????

रामराजा के.सी., फर्पङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...