Tuesday 13th October 2026

राजधानी उपत्यकामा असार ३१ गते सम्मका लागि लम्बियो निषेधाज्ञा


तीतोपाटी – देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात खुलाइएको हो । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबारलगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...