Saturday 17th January 2026

ओझेलमा परेको स्थान – हात्तीघोलताल


बि. आर. उप्रेती, बारा, नेपाल – हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलहरू लोप भएर जाने खतरामा पुगेका छन् । यस्तै गुमनाम तर महत्वपूर्ण स्थान मध्ये बारा जिल्लामा रहेको हात्तीघोलतालको बारेमा यो पंतिकारको ध्यान गएकोले यस लेख मार्फत जानकारी गराउने प्रयत्न गरिएको छ ।

बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १६ मा पर्ने पिलुवा गाउँ बस्तीबाट पुर्व अन्दाजी डेढ दुई किलो मिटर, पुर्व पश्चिम राजमार्गको पसाहा पुल देखी दुई किलोमीटर दक्षिण, पसाहा खोलाबाट ५०० मिटर पश्चिममा पटेराघारी जंगलमा अवस्थित हात्तिघोल नामक ताल रहेको छ । यस ताल उपर स्थानिय(नजिक बस्तीका) बुद्धिजीवी, जन प्रतिनिधी, सरकार, संघ-संस्था कतैबाट पनि आजसम्म दृष्टि पुगेको छैन । यो ताल देखि नजिकै पूर्व पसाहा खोला र खोलाबाट पूर्व निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल ( यो तालबाट एक डेढ किलोमिटर पूर्व) राष्ट्रिय राज मार्ग नजिकै छ । एउटा यस्तो सानो हरियाली जंगलको बीचमा प्राकृतिक तालको वरीपरी रंग बिरंङ्गका साना ठूला हरियाली रुख बोट बिरुवा देख्दा रमाइलो लाग्छ ।

यो ताललाई संरक्षण गर्दै तालबाट आय आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ । ताल सरसफाइका साथमा डिप बोरिङ गरी पानीको ब्यबस्था गरेर वरिपरी फुल बगैंचाबाट ताल एरिया सजावट गरी आवस्यकता अनुसार रोमान्टिक हल, भवन निर्माण गरि स्विमिङ पूल लगायतका मनोरञ्जनात्मक संरचनाको निर्माण भएमा यस स्थानमा पिकनिक, विवाह, ब्रतबन्ध र घुमफिर गर्न आउनेहरु हुन सक्छन् भने यसै तालमा माछा पालन जस्ता कार्यका लागि ठेक्का पट्टा लगाएर पनि आय आर्जन गर्न सकिने देखिन्छ ।

यस अघि यो हात्तीघोल तालमा यस भन्दा ५/६ वर्ष अघि सरकारी वा संघसंस्थाबाट केहि रकम खर्च गरेर तालको संरक्षण एवं व्यवस्थापन गर्न खोजे पनि राजनैतिक अस्थिरताको कारण ताल संरक्षण तथा यसको प्रवर्धनको लागि निरन्तरता दिएको पाइंदैन । १९५५ वर्ग मिटर अर्थात ५ हेक्टर भु भागलाई चारैतिरबाट झन्डै अण्डाकार जस्तो आकृतिमा माटो उठाई घेरा बनाइएको र उक्त घेराभित्र सानो ठूलो गरि चार वटा पोखरी बनाएर डिपबोरिङ्ग गरि केही प्रतिशत मात्रै काम गरेर पछि त्यतिकै छाडिएको बताउँछन् ताल नजिकका बस्तिका बासिन्दाहरु । तर यसो नभएर उपरोक्त अनुसार तालको संरक्षण र कार्यान्वयनको लागि गुरूयोजनाका साथ स्थानिय बुद्धिजीवी, जनप्रतिनिधि, स्थानिय सरकार, संघ संस्थाको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको उक्त हात्तीघोल ताललाइ पुनर्निर्माण गरि सांस्कृतिक र पर्यटकीय स्थल बनाउन सकेमा  एउटा पर्यटकीय स्थल समेत बन्नुका साथै स्थानिय सरकारले राम्रो आय प्राप्त गर्न सक्ने निश्चित छ ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...