Thursday 8th October 2026

आफन्तका १(एक) पान्चायन पञ्चाङ्गहरु


१,
आखिर जिन्दगी हो सकस सहनुपर्छ
यहाँ त अनेकौंका टकस सहनुपर्छ
सोचेका जस्तै सपना त हुँदैनन् भने
अनावश्यक ठूला बहस सहनुपर्छ
क्षण भरमै तहस् नहस सहनुपर्छ।।

२,
बजार भाऊ उस्तै छुट उस्तै छन्
हेर्नु मायामा पनि लुट उस्तै छन्
पिउन्न भन्ने मधुशालामा भेटे
जहाँ छ रुवाबासी टुट उस्तै छन्
किन हो पिरतीमा झुट उस्तै छन् ।।

३,
सिमाना सम्झियो सम्बन्ध मिचेर गयो
नेपाल आमाको यो पछाती थिचेर गयो
खै के पायो उसले मैले सोधिन हिजो
अनुरोधका तगारा ति किचेर गयो
घाटीसम्म पुग्ने गरेर घिचेर गयो।।

४,
आखिर किन तिमी,, झर्केर गयौ
मेरा बातै नसुनी,,,,,, चर्केर गयौ
दोधारमा थियौ,,,, घमण्ड थियो
परेला भरी भरी,,,,,,,,दर्केर गयौ
आधा बाटो आएर,,, फर्केर गयौ।।

५,
आउ छामेर हेर, दिल भएको ठाउँमा
भेट्छौ कि घाऊ कतै, खिल भएको ठाउँमा
छाती भित्रै देखि, थिलोथिलो भएको बेला
नजिस्किय नजिकै, झिल भएको ठाउँमा
सम्बन्धका बिचमा, डिल भएको ठाउँमा ।

६,
उनका केश राशी, बादल लाग्छन्
बादल उनका नै,, आचल लाग्छन्
सौन्दर्यको बयान, म के गरुँ खै
साझका ईन्द्रेणी ती, गाजल लाग्छन्
आहा! हिंडाई उसै, मादल लाग्छन् ।।

-श्रीभक्त पौडेल’आफन्त’
स्पेन


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...