Saturday 18th May 2024

आफन्तका १(एक) पान्चायन पञ्चाङ्गहरु


१,
आखिर जिन्दगी हो सकस सहनुपर्छ
यहाँ त अनेकौंका टकस सहनुपर्छ
सोचेका जस्तै सपना त हुँदैनन् भने
अनावश्यक ठूला बहस सहनुपर्छ
क्षण भरमै तहस् नहस सहनुपर्छ।।

२,
बजार भाऊ उस्तै छुट उस्तै छन्
हेर्नु मायामा पनि लुट उस्तै छन्
पिउन्न भन्ने मधुशालामा भेटे
जहाँ छ रुवाबासी टुट उस्तै छन्
किन हो पिरतीमा झुट उस्तै छन् ।।

३,
सिमाना सम्झियो सम्बन्ध मिचेर गयो
नेपाल आमाको यो पछाती थिचेर गयो
खै के पायो उसले मैले सोधिन हिजो
अनुरोधका तगारा ति किचेर गयो
घाटीसम्म पुग्ने गरेर घिचेर गयो।।

४,
आखिर किन तिमी,, झर्केर गयौ
मेरा बातै नसुनी,,,,,, चर्केर गयौ
दोधारमा थियौ,,,, घमण्ड थियो
परेला भरी भरी,,,,,,,,दर्केर गयौ
आधा बाटो आएर,,, फर्केर गयौ।।

५,
आउ छामेर हेर, दिल भएको ठाउँमा
भेट्छौ कि घाऊ कतै, खिल भएको ठाउँमा
छाती भित्रै देखि, थिलोथिलो भएको बेला
नजिस्किय नजिकै, झिल भएको ठाउँमा
सम्बन्धका बिचमा, डिल भएको ठाउँमा ।

६,
उनका केश राशी, बादल लाग्छन्
बादल उनका नै,, आचल लाग्छन्
सौन्दर्यको बयान, म के गरुँ खै
साझका ईन्द्रेणी ती, गाजल लाग्छन्
आहा! हिंडाई उसै, मादल लाग्छन् ।।

-श्रीभक्त पौडेल’आफन्त’
स्पेन


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...