Wednesday 15th May 2024

तस्बिर हेरेर लेखिएका ४८ श्रष्टाका उदकहरू


उदक अभ्यास : भाग ५
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०३-१२ गते शनिवार
सहभागी सङ्ख्या : ४८ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरी प्रप्त भएका उदकहरूलाइ यहाँ प्रकाशित गरिएको छ । सहभागी सम्पूर्णलाइ प्रशिक्षक आर्त अकुलीन हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


इन्द्रेनी
सात रङ्ग
सङ्घर्षमय जीवनको उमङ्ग !
हिमाल अम्मै, घोडाघोडी, कैलाली


सप्तरङ्गी
मनमाेहक दृष्य
प्राकृतिक जटाले भरीपूर्ण !
बलराज गिरी, कैलाली


मनमोहक
सप्तरङ्गी चमक
आत्मिक भाव प्रेम !
होम प्रसाद न्यौपाने, धरान -११, सुनसरी


रङ्ग
प्राकृतिक सृष्टि
अनमाेल रहेछ दृष्टि
दामाेदर ढकाल, भाेजपुर


सृष्टि
जल अनुकुलता
जीव जगत इन्द्रेनी !
विष्णुदीप सङ्कल्प, ठिमी, भक्तपुर


प्रकृति
निश्चल निष्पाप
चुम्न दिन्छे स्वीकृती !
पशपती राई, खोटाङ


रङ्गिन
इन्द्रेणीको रङ्ग
प्रेम भाव उमङ्ग !
बिमला आठपहरिया, धनकुटा


प्रकृति
अनाैठाे आकृति
नासेमा आउने विकृति !
सविता के.सी., काठमाडौं


मनमाेहक
सप्तरङ्गी इन्द्रेनी
अनुपम प्राकृतिक झरना !
नारायणप्रसाद उपाध्याय, कैलाली

१०
झरना
प्राकृतिक छटा
सातै रङ्ग इन्द्रेनीको !
वसन्त अनुभव, घोराही-१४, दाङ

११
सुन्दर
मनमोहक दृश्य
पानी झरना इन्द्रेनी !
कृष्णदास जोशी, काठमाडौं

१२
इन्द्रेनी
संयाेजन प्रकृतिकाे
विविध रस जीवनकाे !
सुधा बाँस्कोटा ढकाल, काठमाडौं

१३
झरना
कलकल पानी
अनुपम प्राकृतिक सुन्दरता !
रामसुन्दर थारू, कैलाली

१४
इन्द्रेनी
प्रकृति सुन्दरी
विविध रङ्गको गुच्छा !
समुन्द्रा शर्मा, इटहरी, सुनसरी

१५
सुन्दरता
प्राकृतिक सृष्टि
सत्यम् शिवम् दृष्टि !
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

१६
प्रकृति
सुनौलो संसार
जिउने गर्विलो आधार !
अरुणा श्रेष्ठ ‘अनु’, झापा

१७
मोहक
झरना इन्द्रेनी
सौन्दर्य छटा प्रकृतिको !
रामचन्द्र ढकाल, चितवन

१८
सप्तरङ्गी
स्वच्छ प्रकृति
जीवनको सुन्दर आकृति !!
अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

१९
प्रकृति
सृजनाकाे मुहान
व्रम्हकाे अनुपम वरदान !
खलवीर नाराज, तनहुँ

२०
प्रकृति
स्वस्थ फोक्सो
रङ्गीविरङ्गी इन्द्रेनी जगतको !
टीकाराम पुनमगर, सल्यान

२१
झरना
निरन्तर अविरल
रङ्गको साथमा झरझर !
रामकृष्ण दवाडी, पाेखरा

२२
प्रकृति
जीवनको रङ्ग
एक अनुपम आकृति !
आर्त अकुलीन, कैलाली

२३
सृष्टि
सुन्दर दृष्टि
सदियौं सुन्दर प्रकृति

पुष्कर अथक रेग्मी 
श्रीनगर
तानसेन पाल्पा

२४
आहा
मोहनी लाग्दो
झरनासँगै सुन्दर इन्द्रेनी !
जय धामी, बझाङ

२५
प्रकृति
जटा लताको
उमङ्ग मन साराको !
बुद्धिप्रसाद लामिछाने, कैलाली

२६
प्रकृति
छालको गति
अनुपम जिन्दगीको मेल !
हृदय लेकाली, भैरहवा

२७
मिलन
घाम पानी
लागेको मनोहर इन्द्रेनी !
पुष्पा सायरा, बिराटनगर

२८
ढानी
मन मोह्न्यइली
चम्पन मोर बस्ती !
सागर कुस्मी, कैलाली

२९
प्रकृति
सप्तरङ्गी झरना
जीवनको अमूल्य निधि !
प्रभादेवी पौडेल, चितवन

३०
बर्षात
हिलो मैलो
धान रोप्ने असार !
सरस्वती श्रेष्ठ, रुपन्देही

३१
सप्तरङ्गी
अनेकाैँ भाव
शुभ अशुभ दर्शन !
चन्द्रावती अधिकारी, कोहलपुर

३२
दृष्टि
सुन्दर प्रकृति
उदकमा किरण सप्तरङ्गी ।
अगस्टीन राई, पूर्व सिक्किम, भारत

३३
सप्तरङ्गी
इन्द्रेनी राम्रो
लोभियो मन हाम्रो !
नारायण कोइराला, तानसेन, पाल्पा

३४
साैन्दर्य
खाेलानाला छालमा
इन्द्रेनी प्रकृतिको जालमा !
मनोज थापा, कैलाली

३५
प्रकृति
सुन्दर हुन्छ
हामीले माया गर्नुपर्छ !
सुस्मिता भट्टराई, अर्घाखाँची

३६
प्रकृति
इन्द्रेनी जल
सम्झिँदा मनै कलकल !
प्रतीक रावल, झलारी, कञ्चनपुर

३७
बादल
पानी तानेर
इन्द्रेनी साथ लिएर !
मङ्गला उपाध्याय, कलैया-१, बारा

३८
प्रकृति
सौम्य मनमोहक
आफैमा सुन्दर आकृति !
लक्ष्मी बस्याल बर्दिया

३९
प्रकृति
गरिरहेछ झेल
बाढी पहिरो भेल !
उर्मिला पन्त पाण्डे, काठमाडौं

४०
प्रकृति
स्वच्छ इन्द्रेनी
देखियो सप्तरङ्गी आकृति !
नानीमाया सुनुवार, उदयपुर

४१
फुरुङ्ग
इन्द्रेनी रङ्ग
प्राकृतिक छहरा उमङ्ग !
अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली

४३
प्रकृति
सप्तरङ्गी झरना
घाम पानीको दृष्य !
धर्मिला कार्की‌, काठमाडौं

४४
इन्द्रेनी
वर्षा बाढी
प्रकृतिको अनुपम दृश्य !
खड्गबहादुर गुरुङ, कैलाली

४५
इन्द्रेनी
स्वर्गकाे प्रेमपास
अङ्कमाल धरती आकाश !
टीकाराम जोशी, कैलाली

४६
झरना
सात रङ्ग
धेरै सुन्दर दृष्य !
कविता आचार्य, कैलाली

४७
इन्द्रेनी
रङ्गी बिरङ्गी
सात रङ्गको मिश्रण !
सरस्वती श्रेष्ठ, इटहरी

४८
इन्द्रेनी
चोर्यो मन
सप्तरङ्गी देखियो गगन !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...