Thursday 8th October 2026

सविता के.सी.को पाँच पञ्चाङ्ग


“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“

पाञ्चायन = एक

पञ्चाङ्ग  = पाँच

१
गरिबीको पर्दा मेरो च्यातिएको चोली देख्यौ
ममता सम्हाल्ने पोल्टो माग्नेको झोली देख्यौ
पारदर्शी सिसाजस्तो छर्लङ्ग छ जीवन मेरो
तिर्खाउँदा प्यास मेट्ने खहरेको खोली देख्यौ
पीडित आवाज, यो भाषण गर्ने बोलि देख्यौ ।

२
फाटेको चोली सिलाउन मन छ ।
अमृत सधै पिलाउन मन छ ।
एक पल्ट भेट्न पाए जीवनमा
धुक्धुकी सास जिलाउन मन छ
प्रीतिको गाँस खिलाउन मन छ ।

३
तिम्रो केशको निश्चल जल बलेसीको शित जस्तो ।
सुमधुर स्वरको भजन कोइलीको गित जस्तो।
उफ्रिरहने भ्यागुतोलाई थिची राख बाँधी राख ,
जति बोल्छु तिमीसित चखेवाको प्रित जस्तो ।
प्रकृतिले जुराइदिएको संस्कृतिको रित जस्तो ।

४
रमाउन चाहन्छु म अक्षरहरू उनेर
रचनामा शब्दहरू क्रमैसँगले बुनेर
यही त रहेछ नि शिक्षाको लेख जीवनमा
राख्नुपर्छ हरफै पिच्छे एकएक गुनेर
लाग्छ पक्का टुङ्गो एकले अर्कोलाई सुनेर ।

५
उर्लेपछि भाव धारा राधा कृष्ण हेर्ने मन भो
भेटेपछि उनलाई अङ्गालोमा बेर्ने मन भो
मायाको आहत, आहतमा पुगेपछि चाहत
प्रस्ताव राखे जति पनि सहस्र टेर्ने मन भो
उसले फेरेको माथि आफ्नो सास फेर्ने मन भो ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...