Thursday 16th May 2024

सविता के.सी.को पाँच पञ्चाङ्ग


“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“

पाञ्चायन = एक

पञ्चाङ्ग  = पाँच


गरिबीको पर्दा मेरो च्यातिएको चोली देख्यौ
ममता सम्हाल्ने पोल्टो माग्नेको झोली देख्यौ
पारदर्शी सिसाजस्तो छर्लङ्ग छ जीवन मेरो
तिर्खाउँदा प्यास मेट्ने खहरेको खोली देख्यौ
पीडित आवाज, यो भाषण गर्ने बोलि देख्यौ ।


फाटेको चोली सिलाउन मन छ ।
अमृत सधै पिलाउन मन छ ।
एक पल्ट भेट्न पाए जीवनमा
धुक्धुकी सास जिलाउन मन छ
प्रीतिको गाँस खिलाउन मन छ ।


तिम्रो केशको निश्चल जल बलेसीको शित जस्तो ।
सुमधुर स्वरको भजन कोइलीको गित जस्तो।
उफ्रिरहने भ्यागुतोलाई थिची राख बाँधी राख ,
जति बोल्छु तिमीसित चखेवाको प्रित जस्तो ।
प्रकृतिले जुराइदिएको संस्कृतिको रित जस्तो ।


रमाउन चाहन्छु म अक्षरहरू उनेर
रचनामा शब्दहरू क्रमैसँगले बुनेर
यही त रहेछ नि शिक्षाको लेख जीवनमा
राख्नुपर्छ हरफै पिच्छे एकएक गुनेर
लाग्छ पक्का टुङ्गो एकले अर्कोलाई सुनेर ।


उर्लेपछि भाव धारा राधा कृष्ण हेर्ने मन भो
भेटेपछि उनलाई अङ्गालोमा बेर्ने मन भो
मायाको आहत, आहतमा पुगेपछि चाहत
प्रस्ताव राखे जति पनि सहस्र टेर्ने मन भो
उसले फेरेको माथि आफ्नो सास फेर्ने मन भो ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...