Monday 29th April 2024

आर्त अकुलीनको गजल संग्रह – ३


गजल :
++++
बहर : हजज मुसद्दस मकबुज
अर्कान : १२१२.१२ १२.१२१२

समाजमा सबै, रुवाउँदै गयौ ।
खुसी हुँदै तिमी, लजाउँदै गयौ ।

भुलेर जानुको, कथा बुझेर हो,
लुकेछ वेदना, हँसाउँदै गयौ ।

अथाह पीर त्यो, थियो सबै कडा ,
कसो गरी तिमी, बताउँदै गयौ ।

बिहान लालिमा, कता गए भन,
चरी जसै गरी, हराउँदै गयौ ।

कसो गरी बुझौँ, कसो गरी हिँडौँ,
म आर्तको कथा, सुनाउँदै गयौ ।

✍️ आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...