Thursday 8th October 2026

केदारनाथ आचार्यको गजल संग्रह – १


गजल
(वसन्त तिलका छन्द)

सोझो फसाउन बनेछ विधान तिम्रो ।
कस्तो थियो अघि अहो अभिमान तिम्रो ।

के के थियो कसम बान्धवमा गरेको
या बिर्सियौ कि त अझै छ जमान तिम्रो ।

जो जो छ देश भरमा सब दिक्क नै छन्
को गाउला र अब खै गुणगान तिम्रो ।

आगो नफुक्नु खिचडी अब पाक्न छोड्यो
अग्लो छ तात्नु कसरी त ओदान तिम्रो ।

चिन्यो बुझ्यो सकलले कुन कर्म गर्छौ
गर्नैपर्यो मन नभै अपमान तिम्रो ।

केदारनाथ आचार्य
फर्पिङ
हालः अमेरिका ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...