Friday 28th August 2026

ज्ञानेन्द्ररत्न वज्राचार्यको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना = १० झर

जिन्दगीको खुला कागजमा कहिल्यै केरमेट नगर ।
गन्तव्यमा पुग्नका लागि सधैं सुन्दर चित्र कोर्ने गर । १ ।

आखिर कोरोना बन्दको उर्दी खै को कसलाई ?
टेर्ने पालनकर्ता जबरजस्त त्यही सोझासिधालाई । २ ।

छाक टार्नका लागि मात्र जिउने हो र जिन्दगी !
मान, मर्यादा, प्रतिस्ठा, ईज्जत र सम्मान पनि हो जिन्दगी । ३ ।

मात्र कुकर्म नगर्नु नगराउँनु किन दुःख निम्त्याउनु ।
कुसल कर्म गर्नु गराउनु सुख सदा सर्वदा ब्युँताउँनु । ४ ।

भूकम्प, चाडपर्व र कोरोनाले गाउँ भगाउँदो रहेछ ।
आखिर बुझ्नु पर्छ सबैले जन्मभूमि प्यारो हुँदोरहेछ । ५ ।

जिन्दगी छाल भो जहिले नि जनता भुमरीमा
हात्ती कत्ति आए गए कुर्सी कै लुछाचुडिमा । ६ ।

सार्वभौम सम्पन्न कसैको गुलाम नभएको देश
हैनरैछ आङ्कलन रिमोट चलाउने परदेश । ७ ।

विचौलियाले मजदुरको मेहनतको पसिना काटिन्छ ।
उपभोक्तासम्म वस्तु आउँदा बजार भाउ आकासिन्छ । ८ ।

जे गरे नि सुख छैन दुःखै दुःखको भुमरीमा
नेता गतिलो नभए पछि जनता सधैं दुर्दशामा । ९ ।

माटो सुहाउँदो राजनीति कहिल्यै भएन ।
राज नेता भन्न लायक कोही जन्मिएन । १०।

ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौं ।
इमेलः [email protected]


सम्बन्धित शीर्षकहरु

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

काठमाडौं — नेपालमा जारी राहत तथा उद्धार कार्यका सम्बन्धमा भारत सरकारले उच्चस्तरीय चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र…

कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन…

प्रतिकृयाहरू
...