Monday 19th January 2026

नानीमाया सुनुवार ‘नामासु’ को झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१)
भित्रभित्रै कति रेट्छौ रेट छुरा
कहाँ हुन्छ अधुरो सपना पुरा !
२)
जिन्दगीको सवाल खेर जान्छ र
मर्ने काल नआई कालले लान्छ र !
३)
राष्ट्रियता हरायो नेता डराएन
भ्रष्टाचार अहिलेसम्म हराएन !
४)
कोपिला पनि फूल हो हेला नगर
विश्वास गर्‍यो भन्दैमा भर नपर !
५)
सम्झना आउँदैछ घरिघरि किन
बिर्सनु भन्छु बिर्सेर जानै सक्दिन !
६)
खोलिने गर्छ एकातिर पोल फेरि
समाज बस्दछन् दुःखमा नहेरि !
७)
बगाउन देऊ श्रमको पसिना धेरै
माटोमा मिल्नु पर्दछ क्रीडा सहेरै !
८)
घाम आउँथ्यो आगन्‌मा बादल नभए
वर्षात कहाँ हुन्छ बादल फाटी गए !
९)
मुटु तिम्रो मेरो लागि सुम्पिएर छोड्यौ
अनायास‌ै हाम्रो चोखो माया पनि तोड्यौ !
१०)
नहुनुथ्यो भई सक्यो अब कसो गर्ने
पहिले भन्थ्यौँ दुईसँगै बाँच्ने र मर्ने !

-नानीमाया सुनुवार”नामासु”
उदयपुर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...