Thursday 1st October 2026

कोरोनाको कहर, एक अनुभव -शिव खाती


ठ्याक्कै एक वर्ष भएछ त्यो दिन । कामको शिलसिलामा बाटोमा थिएं । नजिकैको चौरमा एकजना युवा छटपटाइ रहेको थियोे । चारैतिरबाट हेर्नेको भिड पनि त्यतिकै थियो तर नजिक जाने र पानी दिने एक जना पनि थिएन । अचम्म लाग्यो र सोधे सबैले भने यो कोरोना लागेको मानिस हो नजिक जानू हुन्न र छुन पनि हुन्न । एकै छिनमा एम्बुलेन्स र पुलिसको गाडी आयो अनि टप्प टिपेर गाडीमा हाल्यो । केही समयको अन्तरालमा ती छटपटाइ रहेका ब्यक्तिले देहत्याग गरेछ्न।

हामी जस्ता हजारौ मान्छेहरुलाई यहाँ पनि असर नगरेको त कहाँ हो र तर उच्च सतर्कताका कारण धेरै नोक्सान भने हुन पाएन । यस्तो माहामारिको बेलामा याहाको सरकारले गरेको काम अति नै मननयोग्य छ।

सन्सारका धेरै शक्तिशाली देशलाइ पनि छोडेन यस्ले । आफ्नो जनतालाइ उचित समयमा सचेत गराउन नसक्नाले जनतालाई परेको पिडा सहन नसकेर इटालिका प्रधानमन्त्री त सार्बजनिक स्थलमै चिच्याइ चिच्याइ रोएका पनि थिए।तर ढिलो नै भए पनि त्यहाँको सरकार र जनताको उच्च सतर्कताको कारण फेरि माहामारीबाट साम्य भयो।

यो विश्वव्यापी रुपमा फैलिएको महामारिले नेपाललाइ पनि आछुतो भने राखेन । यस्को मुखमा परेर कति हाम्रा अनि कति राम्राले ज्यान गुमाउनु परेको अथार्थ पनि छ्दै छ तर पनि अदम्य साहस र सहयोगको कारण धेरै समस्याहरुको बाबजुद पनि धेरै फैलिन भने पाएन । हामी सबैलाइ थाह छ कि हाम्रो सरकारले आवस्यक र चाहिने जति सामाग्रीहरु यथासक्य छिटो उपलब्ध गराउन पनि सक्दैन । बरु सरकारको मुख ताक्नु भन्दा आफै जागरुक हुनु पर्ने बानीको बिकाश भने सबै नेपालीको मानसपटलमा बस्यो।यदि सरकारको भर परेको भए त्यही भारतको जस्तो बिकराल परिस्थिति पनि आउन सक्थ्यो । हुन त नेपालको सन्धर्बमा नेपाली राजनिती र कोभिड १९ उस्ता उस्तै नै हुन यी दुबै देश र जनताको लागि घातक नै छ्न।

एउटा नेताले एक दुइ वटाअक्सिजन सिलिन्डर ल्यायो भन्दैमा त्यस्को प्रसंशा गर्ने हामी जनता पनि उस्तै नै हौ । यस्तो विषम् परिस्थितिमा त स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायत अग्रपंक्तिमा रहेर काम गर्नेको मात्रै खुलेर प्रसंशा गर्ने हो । डाक्टर र नर्सहरुलाइ आँच आउने र मनोबल घट्ने कुनै पनि काम गर्नु हुन्न । बरु सकेसम्म समाजमा चेतनाको विकास संगै सहयोग र समर्थन गर्न पनि जरुरी छ।

शिव खाती
बा न पा-८, बाग्लुङ
हालः यूएई ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...