Thursday 18th June 2026

नारायण कोइरालाको “फरक मन” एक समिक्षा


पुष्कर अथक रेग्मी/तानसेन, पाल्पा – तथ्य खोज सत्य प्रवाह ’राष्ट्र सञ्चार’ अनलाइनमा १५ जेष्ठ २०७८ मा संप्रेशित लघुकथाकार नारायण कोइरालाको लघुकथा “ फरक मन“ माथि यहाँ संक्षेपमा लघु समीक्षा गरिएको छ ।

कथासार
कोरोना महामारीको समय, ठेलावाला बिरामी छ । साथमा सानो छोरा रोइरहेको छ । सडकमा एम्बुलेन्स गुडेकोछ । वारिपारि घरको बार्दली, छत,बरण्डामा मानिसहरू छन् तर कसैले सहयोग गर्दैनन् । एउटा सडकछाप मानिसले पानी खान दिएर होशमा ल्याउँछ । भोलिपल्ट महलको एक बृद्ध श्वास प्रश्वासको समस्याले छटपटाउँछ । सबले देख्या नदेखेको झैँ गर्छन् । अन्ततः ठेलावालाको ठेलामा राखिन्छ र सानो छोराले डण्डी समाउदै अस्पताल लगिन्छ ।

पात्रहरू
ठेलावाला, सानो छोरा, सडकछाप मानिस, बृद्ध मुख्य पात्र रहेका छन् भने एम्बुलेन्स ड्राइभर र वारिपारि घरको बरण्डा, छत, बार्दलीमा हुनेहरू गौण पात्रको रूपमन रहेका छन् ।

घटनास्थान
सडक ( भव्य महलहरू भएका, बार्दली छत र बरण्डामा मानिसहरू रहेको घरहरू तर सुनसान सडक )

उद्देश्य
कथाकारले कथालाई घटना र समस्या प्रधान उद्देश्य केन्दित बनाएर कथा सिर्जना गरेका छन् ।

– घटना प्रधान
कथाकारले चारित्रिक क्रियाकलापलाई गौण मानेर घटनालाई प्रधानता दिई कथानकलाई अघि बढाएका छन् । दइदिनको घटनाक्रमलाई कथाको बिषयबस्तु बनाएका छन् ।

– समस्या प्रधान
पात्रहरू ठेलावाला र छोरा अनि बृद्ध मानिसको समस्यामा केन्द्रीकृत रहेता पनि यहाँ मानवीय जीवनका समस्या र संकटग्रस्त जीवनका सामाजिक एव् आकस्मिक समस्याहरू केन्दित रहेका छन् ।

सबल पक्ष
समसामयिक बिषयबस्तुको उठान गरिएको छ । मानवीय स्वभाव फरक फरक हुने हुनाले शीर्षक “फरक मन“ सान्दर्भिक रहेको छ । धनी र गरीबको मनको विश्लेषण गरिएको छ । धनीहरू स्वार्थी र गरीबहरू मनकारी हुन्छन् । गरीबलाई धनीले बचाउने रहेनछन् । गरीबले परिआउँदा ज्यानकै बाजि लगाएर पनि धनीलाई बचाउने रहेछन् । मानिस सबैभन्दा पहिला आफू नै बाँच्न चाहने रहेछन् । जहाँ समस्या छ त्यहाँ कोही न कोही समस्या समाधानको रूपमा आइपुग्ने रहेछ । कथा बर्तमान कोरोना केन्द्रित रहेतापनि हिजो पनि समाजमा यस्तै घटना घटेका थिए र भोलि पनि घटन सक्छन् । कथा उत्तम रहेको छ ।

सुधारात्मक पक्ष
शुद्धीकरण सहित वाक्य संरचनाको मिलान गर्दै कथालाई अझ लघुरूपमा सम्पादन गर्नु उपयुक्त हुन्छ ।

निष्कर्ष
मानिस सामाजिक प्राणी भएतापनि किन असामाजिक हुदैछ? मानवीय आपत बिपतमा नलुकौं । सेवा नै मानव धर्म हो । ’मन ’ लाई परोपकारमा लगाऔं ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...