Friday 19th April 2024

नारायण कोइरालाको “फरक मन” एक समिक्षा


पुष्कर अथक रेग्मी/तानसेन, पाल्पा – तथ्य खोज सत्य प्रवाह ’राष्ट्र सञ्चार’ अनलाइनमा १५ जेष्ठ २०७८ मा संप्रेशित लघुकथाकार नारायण कोइरालाको लघुकथा “ फरक मन“ माथि यहाँ संक्षेपमा लघु समीक्षा गरिएको छ ।

कथासार
कोरोना महामारीको समय, ठेलावाला बिरामी छ । साथमा सानो छोरा रोइरहेको छ । सडकमा एम्बुलेन्स गुडेकोछ । वारिपारि घरको बार्दली, छत,बरण्डामा मानिसहरू छन् तर कसैले सहयोग गर्दैनन् । एउटा सडकछाप मानिसले पानी खान दिएर होशमा ल्याउँछ । भोलिपल्ट महलको एक बृद्ध श्वास प्रश्वासको समस्याले छटपटाउँछ । सबले देख्या नदेखेको झैँ गर्छन् । अन्ततः ठेलावालाको ठेलामा राखिन्छ र सानो छोराले डण्डी समाउदै अस्पताल लगिन्छ ।

पात्रहरू
ठेलावाला, सानो छोरा, सडकछाप मानिस, बृद्ध मुख्य पात्र रहेका छन् भने एम्बुलेन्स ड्राइभर र वारिपारि घरको बरण्डा, छत, बार्दलीमा हुनेहरू गौण पात्रको रूपमन रहेका छन् ।

घटनास्थान
सडक ( भव्य महलहरू भएका, बार्दली छत र बरण्डामा मानिसहरू रहेको घरहरू तर सुनसान सडक )

उद्देश्य
कथाकारले कथालाई घटना र समस्या प्रधान उद्देश्य केन्दित बनाएर कथा सिर्जना गरेका छन् ।

– घटना प्रधान
कथाकारले चारित्रिक क्रियाकलापलाई गौण मानेर घटनालाई प्रधानता दिई कथानकलाई अघि बढाएका छन् । दइदिनको घटनाक्रमलाई कथाको बिषयबस्तु बनाएका छन् ।

– समस्या प्रधान
पात्रहरू ठेलावाला र छोरा अनि बृद्ध मानिसको समस्यामा केन्द्रीकृत रहेता पनि यहाँ मानवीय जीवनका समस्या र संकटग्रस्त जीवनका सामाजिक एव् आकस्मिक समस्याहरू केन्दित रहेका छन् ।

सबल पक्ष
समसामयिक बिषयबस्तुको उठान गरिएको छ । मानवीय स्वभाव फरक फरक हुने हुनाले शीर्षक “फरक मन“ सान्दर्भिक रहेको छ । धनी र गरीबको मनको विश्लेषण गरिएको छ । धनीहरू स्वार्थी र गरीबहरू मनकारी हुन्छन् । गरीबलाई धनीले बचाउने रहेनछन् । गरीबले परिआउँदा ज्यानकै बाजि लगाएर पनि धनीलाई बचाउने रहेछन् । मानिस सबैभन्दा पहिला आफू नै बाँच्न चाहने रहेछन् । जहाँ समस्या छ त्यहाँ कोही न कोही समस्या समाधानको रूपमा आइपुग्ने रहेछ । कथा बर्तमान कोरोना केन्द्रित रहेतापनि हिजो पनि समाजमा यस्तै घटना घटेका थिए र भोलि पनि घटन सक्छन् । कथा उत्तम रहेको छ ।

सुधारात्मक पक्ष
शुद्धीकरण सहित वाक्य संरचनाको मिलान गर्दै कथालाई अझ लघुरूपमा सम्पादन गर्नु उपयुक्त हुन्छ ।

निष्कर्ष
मानिस सामाजिक प्राणी भएतापनि किन असामाजिक हुदैछ? मानवीय आपत बिपतमा नलुकौं । सेवा नै मानव धर्म हो । ’मन ’ लाई परोपकारमा लगाऔं ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...