Tuesday 16th April 2024

शोभा थापाको गजल संग्रह – १


सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस ।
दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।।

गरोस काम देश विकासको जनताको भलो हुने
बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस ।

भलो हुने काम गरून् जय जय गरून् सब जनले
जन मनमा अन्यायको कुनै भय अनि त्रास नहोस ।

सोचुन कुरा जनहितको मनमा स्वार्थ भाव नराखी
ईश्वर रुपको होऊन ती दानवताको वास नहोस ।

देशकै लागि प्राण दिऊन वैरी सब दुर भगाउन
वीरको ईतिहास भुलेर विदेशीको दास नहोस ।

-शोभा थापा
हेटौंडा ४, मकवानपुर ।


सम्बन्धित शीर्षकहरु

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद…

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

प्रतिकृयाहरू
...