Thursday 8th October 2026

रामराजा के.सी.को झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना

१. म बाँचेको किन भन्थें
देश बेचेको हेर्न रहेछ ।

२. आमालाई नरूवाउनु
दश धाराको पाप लाग्ला ।

३. मरुभूमि आमाको छाति बन्दा
नर्कमा बास नपाउलाऊ ।

४. रोएपछि आँसु पुछ्ने गर
गिज्याउनेको खाँचो छैन ।

५. खुसी जिन्दगीको कुरा नगर
आँशुको फेवातालमा डुबुल्की मार्दै छु ।

६. माटोको माया लाग्छ
आमाको भन्दा धेरै ।

७. पैसाको माया लाग्छ
नाताको भन्दा धेरै ।

८. काग समाचार के ल्याउँछ?
पछि दगुर्नेको कमिछैन यहाँ ।

९. धैरै छिटो नहिँडौँ भन्छु
समय त्यसै दौडिदिन्छ ।

१०. ध्यान गर्दै छु आज
स्वर्गमा बाँस पाउनलाई ।

रामराजा के.सी., फर्पिङ, काठमाडौँ ।
Powered By: ShresthaSushil.com.np


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...