Friday 28th August 2026

कविताः “जागौं युवा” – लयः झ्याउरे -धर्मिला कार्की


हे युवा तिमी जाग है छिटो नगर अबेर
बढाऊ जोस हिम्मत गर नबस दबेर
देशका निम्ति विकास गर्न जुटेर बढ्नु छ
हातमा हात मिलाई अब शिखर चढ्नु छ।

उज्यालो छरौं हटाई निशा तारा झै चम्केर
उद्यमी बन्न सङ्घर्ष गरौँ स्वदेश फर्केर
ज्ञान र सीप लगानी गरी पौरख गरेर
धर्तिमा अब उमारौं विज सिर्जना छरेर।

देशको सिमा सुरक्षा गर्न कसेर कम्मर
युवाको शक्ति अर्पण गरौं रहेर तत्पर
शान्तिको निम्ति आवाज दिनु युवाको कर्तव्य
जनता सुखी समृद्ध देश सबैको गन्तव्य।

हिमाल बाट पहाड हुँदै झरौं है तराई
देशको माटो सिंचाई गरौं पसिना बगाई
शिक्षित युवा गाँउमा गई फैलाऊ चेतना
शिक्षाको ज्योति बालेर तिमी हटाऊ बेदना।

भागेर बाँच्न कदापि हुन्न वीरका सन्तान
बिरालो छेउ मुसाका सयौं आए नि बथान
स्वार्थी छन् नेता दलाल जस्ता सम्पदा बेच्लान् है
सचेत रहौं नेताले फेरि खराब सोच्लान् है।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै…

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

प्रतिकृयाहरू
...