Thursday 19th March 2026

लघुकथाः श्रीमतीको पाजी पोई -नारायण कोइराला


ए, बुडो कति कचकच सुनेर बस्ने हो? अब त म एकछिन पनि यी बुढाबुढीको कचकच सुनेर बस्ने वाला छैन । जति बेला भयो ,यो भएन , त्यो भएन। के मलाई यिनीहरू घरमा काम गर्ने मसिन सम्जिएका छन्।यस्तै हो,भने की बुढाबुढी यहाँ बस्छन कि म।आजै फैसला हुनुपर्छ।
हेत्तरी कति कराउन सकेकी हुन यिनी।बुढाबुढी र केटाकेटी यस्तै हुन के।चुपचाप बस्ने गर त।दिनभरि कार्यालयको हाकिमको कचकच साँझ तिम्रो कसरी समालिने हो म।जाउँ खुरुक्क खाना लगाऊ।भोक लागि सकेको छ। सक्दिन म,आफ्ना आमा बाबालाई आफैं पस्कियर दिनु ,आफुपनि खानु।
पिर्कमा आमा बुबा बस्नु भयको थियो। छोराले खाना पस्कँदै थिए।बुहारी नदेख्य पछि अमाबाबाको मन अमिलो भयो। छोरा बुहारी खोई त,आमाले सोध्नु भयाे।खासै सन्चो छैन आमा ,उत्तर छोराको थियो। ए !त किन झुट बोल्छस् ,आजपनि बुहारी रिसाएकी हुन।त्यो हामीलाई दिउँसो देखि नै थाहा थियो।हामीले त उनलाई किन दिनभरि बाहिर हिड्छौ।नाति, नातिना रुन्छन्। काम भए त हिड्नु पनि पर्यो।तँलाई पाली ठूलो बनाएर बुहारी भित्र्याइयो यति भन्ने अधिकार हामीलाई छैन।
के गर्नु आमाबाबा मलाई पनि त थाहा छ ।यिनीहरू दिनभर एकठाउँ जम्मा भएर खाली अनावस्यक मीटिंग गरी रहेका हुन्छ।दिनभरि त मानव अधिकार सुनिश्चित गर्छौ भन्छन्।साँझ घर आएर आफ्नै बुढा आमाबाबा सग झगडा गर्छ। म छुनी आमा हजुरको लागि ।यतिकैमा नातिनी पनि नजिकै आएर बसिन्। म छुनी ममी जता गएनी मलाई भन्नु के चाहिन्छ।मेरो पनि त अधिकार छनी हजुरहरुको सेवा गर्ने।नातिनीको कुरा सुनी आमाबाबा खुसी भएको देखि छोराको अनुहार पनि हँसिलो भयो।
आमाबाबाले नातिनी सगै बसि खाना खानु भयो । छोराको मनमा छोरीको कुराले गहिरो छाप छोड्यो । म कस्तो हु? आफ्नै आमाबाबाको अधिकार सुनिश्चत गर्न नसक्ने श्रीमतीको पाजी पोई।

-नारायण कोइराला
तानसेन, पाल्पा
हालः यूएई।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...