Monday 19th January 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ९


अन्जानको भेट मेरो लागि खास भयो ।
प्रियसीको ओडारमा बस्ने बास भयो ।

दुष्मन लाग्दछन् पछि बासै उठाउन
हेर्दा हेर्दै तिनीहरु सबैको नाश भयो ।

जब जब एक्लो भएँ साथ तिम्रो पाएँ
एक्लो छैन भन्ने आज आभास भयो ।

मायाको संसारमा रमाउन चाहन्छु
केही छैन साथी समयको दास भयो ।

दिन प्रती दिन बढ्यो हाम्रो सामिप्यता
एकदिन तिमी आउछौ भन्ने आश भयो ।

 

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...