Wednesday 22nd July 2026

बादलसहित ७ मन्त्रीको नियुक्ति बदर (आदेशसहित)


तीतोपाटी डटकम-सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ ।

नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले सात मन्त्रीको नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

सर्वोच्च अदालतको आदेश जस्ताको तस्तै:-


साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...