Thursday 19th March 2026

तमु समाज कुवेतको रक्तदान सहयोगले फेरि एक प्रवासीको ज्यान बचायो


तीतोपाटी – विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ ।

तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु) मा उपचाररत कोभिडको सिकिस्त बिरामी फिलिपिनो चेलीलाइ हिँजो सेन्टर ब्लड बैंकसँग तमु समाज कुवेतले समन्वय गरि शल्यक्रियाको लागि चाहिने A positive 2 Unit रगत उपलब्ध गराइएको छ र उक्त रगत उपलब्ध भए पस्चात निजको हिँजो बिहान ८ बजे सफल शल्यक्रिया भएको छ र उनि अहिले मुबारक अल कबिर हस्पिटलको आइ सि यु मा उपचारत छिन् ।

कुवेतमा कुवेती नागरिकहरुले समेत रगत उपलब्ध गर्न अनुरोध गर्दा रक्तदाता लिएर आउन अनुरोध गर्ने सेन्टर ब्लड बैंक कुवेतले तमु समाज कुवेतको समन्वय यस अघि पनि धेरै पटक कुवेती तथा अन्य देशका नागरिकहरूलाइ रगत उपलब्ध गराइ सकिएको छ । “रक्तदान जिवनदान” भने झैं तमु समाज कुवेतले यो पुन्यको काम गरेर कुवेतको नेपाली समाजलाइ मात्रै नभएर सिंगो कुवेतलाइ नै उपकार गरेको छ जसको ज्वलन्त उदाहरण सेन्टर ब्ल्ड बैंकले समेत तमु समाज कुवेतको समन्वयमा हरेक देशका नागरिकलाइ अत्यन्त दुर्लभ मानिएका समुहको रगत उपलब्ध गराउनुलाइ लिन सकिन्छ ।

संरक्षक गुरूङले शल्याक्रया पश्चात सघन उपचार कक्षमा रहेकी उक्त चेलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भने, ‘तमु समाज कुवेतले अाफ्नो पराइ कोही नभनी अत्याबश्यक अबस्थाका बिरामीहरूलाइ गरेको सहयोगको कारण नेपालीको प्रतिष्ठा बढेको छ।’ यो कार्य तमु समाज कुवेतले एक्लै गरेर सम्भव भएको नभइ तमाम रक्तदाताहरूको सहयोगले सफलता मिलेको बताउँदै रक्तदाताहरू सबैलाइ विशेष धन्यवाद दिंदै कुवेतमा रहनुहुने सम्पुर्ण नेपालीहरूलाइ सके धेरै पटक नसके पनि वर्षको एक पटक रक्तदान गराैं भन्दै उक्त पुनित कार्यले परेको समयमा जो कसैको पनि ज्यान बचाउन सहयोग मिल्ने पनि संरक्षक गुरूङले बताए । उनले थपे, ‘तमु समाजले हरेक वर्ष गरेको सामुहिक रक्तदानको परिणाम नै तमु समाजको एक अनुरोधमा पनि सेन्टर ब्लड बैंकले रगत उपलब्ध गराएको हो। यो सम्पुर्ण नेपालीको लागि गर्वको विषय हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...