Thursday 19th March 2026

कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन राजदूतावासको सबैमा अनुरोध


तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) को  संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन  नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि  बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जानकारी प्राप्त हुन् आएको परिप्रेक्ष्यमा बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अबल्म्बन गरे बमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धि निर्देशन, प्रोताकल एबम पुर्व साबधानीका उपायहरुको पूर्ण पालना गरि उच्च स्वास्थ्य सुरक्षा एबम सतर्कता अपनाउनु हुन् नेपाली दुताबासले कुबेत स्थित समुदायलाई हार्दिक अनुरोध गरिएको छ ।

कुवेत सरकारले निर्देशन गरेको मापदण्डलाई पुर्णरुपमा पालना गर्दै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्दै सामाजिक दुरी कायम गर्ने भिडभाडमा नजाने/नगर्ने माक्स र  पन्जाको प्रयोग  गर्ने शारीरिक स्पर्श नहुने गरि अभिबादन गर्ने, साबुनपानीले हात धुने, सेनीटाईजरको प्रयोग गर्न भनिएको छ।

तल पढ्नुहोस नेपाली राजदुताबास कुबेतबाट जारी गरिएको अनुरोध


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...