Friday 28th August 2026

७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गर्‍यो – प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उनले अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन् । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गरे ।

उनले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको  बताए । कोभिड १९ महामारीसंगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरेपनि गतवर्ष उपलब्धिको वर्ष रहेको उनले बताए ।  दशकौ पछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाडाैं आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पुर्ननिर्माणका कामहरुले पुर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उनले उल्लेख गरे ।

उनले आफ्नो भूभाग समेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गरे । सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपुर्ण र अनुकुल वातावरण बनेको उनले उल्लेख गरे ।

कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा पनि अनलाईन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे। कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्‍याएपनि  सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिदै आएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भइरहेको बताए । सरकारले गरेका कामहरु नदेख्ने समुहले निरन्तर जनता भड्काउने प्रयास भइरहेपनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भइरहेको दाबी उनले गरे ।उनले  प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्नेगरेको, प्रति १२ वटा आवासगृह निर्माण भईरहेको, पुर्वदेखी पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पुर्वपश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेयरिस्त प्रस्तुत गरे ।

महिनाको एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता दिनको एक सयमा पुगेको उल्लेख गर्दे उनले  आगामी आर्थिक वर्षदेखि लागुहुनेगरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिए ।  पाँच लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या थपिएका,  २०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्तासुरु गरेको तथा भुकम्पबाट क्षतिग्रस्त धरहरा पुर्ननिर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उनले उल्लेख गरे ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...