Saturday 27th April 2024

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत


तितोपाटी- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए ।
शाहीले राजीनामा स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए । ‘मुख्यमन्त्रीले तीन जना मन्त्रीले राजीनामा स्वीकृत गर्नु भएको छ,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...