Wednesday 16th September 2026

लघुकथाः पीडा नं. दुई -रश्मि भट्ट


श्रवण कुमार जस्तो छोरो कुसंगत र खराब साथीको लहलहैमा लागेर एकदमै खराब आचारणमा बदलियो ।
त्यसै दिनदेखी कल्याणीका जीवनमा गहिरो पीडाले आकारमण गर्यो । छोरालाई सुधार्न र कुलत छुटाउन लाख प्रयत्न गरिन् सफल भईनन् । उनको हृदय पीडा र पश्चातापले दिनदिन गल्दै गयो । खराबै भए पनि जीवित छ छोरो भन्न त पाएको छु ।

जेल जाने छुट्ने, नशा नशामै छोरो पनि हाड छाला मात्रै देखिन थाल्र्यो । जति औषधी उपचार गरे पनि केही भएन ।
एकदिन उज्यालो हुन केही पहर बाॅकी नै थियो । फोनको घणटी बजेको बज्यै भयो । कामी कामी फोन उठाइन । हस्पिटलले भन्यो । माफ गर्नुहोस् तॅपाईका छोरालाई हामीले बचाउन सकेनौ । यथासक्य छिटो शव बुझ्न आउनुहोला ।

बलिन्द्र धारा ऑशु चूहाउॅदै हस्पिटल पुगिन । छोरो पछि त कोही उनको सहारा थिएन । कोही कोही सहायता दिन पुगेकाले भने । ठीकै भयो पीर नगर्नु ,सार्है दु:ख पाउनु भएको थियो तॅपाईले । अव पीडा मुक्त हुनुभयो । हृदयमा ठुलो बज्र परे झै भयो । उनी डाँको छोडी छोडी चिच्याएर रून चाहन्थिन् तर सकिनन् ।

-रश्मि भट्ट
गोरखा
हालः न्युयोर्क अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...