Monday 27th July 2026

लघुकथाः पीडा नं. दुई -रश्मि भट्ट


श्रवण कुमार जस्तो छोरो कुसंगत र खराब साथीको लहलहैमा लागेर एकदमै खराब आचारणमा बदलियो ।
त्यसै दिनदेखी कल्याणीका जीवनमा गहिरो पीडाले आकारमण गर्यो । छोरालाई सुधार्न र कुलत छुटाउन लाख प्रयत्न गरिन् सफल भईनन् । उनको हृदय पीडा र पश्चातापले दिनदिन गल्दै गयो । खराबै भए पनि जीवित छ छोरो भन्न त पाएको छु ।

जेल जाने छुट्ने, नशा नशामै छोरो पनि हाड छाला मात्रै देखिन थाल्र्यो । जति औषधी उपचार गरे पनि केही भएन ।
एकदिन उज्यालो हुन केही पहर बाॅकी नै थियो । फोनको घणटी बजेको बज्यै भयो । कामी कामी फोन उठाइन । हस्पिटलले भन्यो । माफ गर्नुहोस् तॅपाईका छोरालाई हामीले बचाउन सकेनौ । यथासक्य छिटो शव बुझ्न आउनुहोला ।

बलिन्द्र धारा ऑशु चूहाउॅदै हस्पिटल पुगिन । छोरो पछि त कोही उनको सहारा थिएन । कोही कोही सहायता दिन पुगेकाले भने । ठीकै भयो पीर नगर्नु ,सार्है दु:ख पाउनु भएको थियो तॅपाईले । अव पीडा मुक्त हुनुभयो । हृदयमा ठुलो बज्र परे झै भयो । उनी डाँको छोडी छोडी चिच्याएर रून चाहन्थिन् तर सकिनन् ।

-रश्मि भट्ट
गोरखा
हालः न्युयोर्क अमेरिका


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...