Wednesday 30th September 2026

बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेतले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गर्यो


तीतोिपाटी – बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेत (Tulukoota Kuwait) ले नयाँ वर्ष सन २०२१ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाक, टुलुकुटा कुवेतका प्रबन्धकीय टिमको उपस्थिति थियो ।

बदर अल समा मेडिकल सेन्टरकी प्रमुख नर्स श्रीमती डेबी मोन्टेरोको प्रमुख आतिथ्यमा सम्पन्न क्यालेन्डर सार्वजनिक समारोहमा टुलुकुटा कुवेतका तर्फबाट क्यालेन्डरको पहिलो प्रति प्रमुख अतिथिलाइ हस्तान्तरण गरि क्यालेन्डर सार्वजनिक गरिएको थियो ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोन्टेरोले टुलुकुटा कुवेतले वर्ष भरिको गतिविधिलाइ नियमित गर्ने तथा वार्षिक विदा लगायतका संस्थागत गतिविधिका बारेमा समेत सूचना दिन सकिने क्यालेन्डर प्रकाशित गरेकोमा टुलुकुटा कुवेतको प्रसंशा गरेकी थिइन् । टुलुकुटा कुवेतले उक्त क्यालेन्डर टुलुकुटा कुवेतका ९०० भन्दा बढि सदस्यहरूलाइ वितरण गर्ने जनाएको छ । 


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...