Sunday 17th May 2026

बदर अल समा मेडिकल सेन्टरले चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गर्यो


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाले उक्त मेडिकल सेन्टर स्थापनाको ४ वर्ष पुरा गरेको अबसरमा चाैथो वार्षिकोत्सव मनाउँदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । हिँजो २ मार्च २०२१ को दिन बदर अल समा मेडिकल सेन्टर फरवानियाले सेन्टरको सभाहलमा एक पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

गत मार्च १ तारिक सोमबारको दिन चाैथो वार्षिकोत्सव मनाएको बदर अल समा मेडिकल सेन्टरले वर्षिकोत्सव समारोहमा उक्त मेडिकल सेन्टरका संचालक समितिका सदस्यहरू अब्दुल लतिफ, पी. ए. मोहम्मद, डा. टी. वी. विनोद लगायतले चाैथो वर्ष सफल रूपमा पुरा गरेकोमा प्रत्यक्ष तथा परोक्ष रूपमा सबैको प्रशंसा गरेको बताउँदै मार्केटिङ कोअर्डिनेटर अनासले उपस्थित सबैको स्वागत गरेका थिए भने प्रमोटर अस्रफ अैयारले चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेजको सार्वजनिक गरेका थिए । मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाकले उक्त स्वास्थ्य योजना माथि प्रकाश पार्दै मेडिकल सेन्टरका सबै डाक्टरहरू तथा स्टाफहरूले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । मार्केटिङ मेनेजर प्रीमाले संचालन गरेको र कोभिड -१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अबलम्बन गरिएको उक्त प्रेस मीटमा विभिन्न मिडिया हाउसका तर्फबाट मिडियाकर्मीहरू उपस्थित भएका थिए भने नेपाली मिडियाको तर्फबाट तीतोपाटी डट कम को कोसेलीन्यूज टिमको उपस्थिति रहेको थियो ।

पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिंदै अस्पतालको प्रमोटर अस्रफ अैयार तथा शाखा प्रबन्धक अब्दुल रजाकले अस्पतालले अत्याधुनिक उपकरणको साथमा गुणस्तरिय र छिटो छरितो स्वास्थ्य सेवा दिएको बताएका थिए भने विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को पीसीअार परिक्षण परिक्षण समेत बदर अल समा मेडिकल सेन्टरले गरिरहेको बताउँदै यात्रामा जानु पर्ने यात्रीहरूको सुविधालाइ मध्यनजर गरि एयरपोर्टबाटै रिपोर्ट लिन मिल्ने व्यवस्था मिलएको बताउँदै पीसीअार परिक्षण सम्बन्धी कार्यको लागि मेडिकल सेन्टरले कुवेत जर्मन ल्याबसँग सहकार्य गरेको र जम्मा १० घण्टा भित्रमै पीसीअार रिपोर्ट दिने व्यबस्था मिलाएको बताए ।

कुवेतमा रहेका विभिन्न देशका स्वास्थ्य सेवाग्राहीहरूको अटुट विश्वास र दरिलो समर्थनप्रति बदर अल समा मेडिकल सेन्टरले हार्दिक धन्यवाद दिंदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य योजना सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका स्वास्थ्य योजनाहरूमा ४ केडिण, १४ केडि र २४ केडि को वार्षिक शारीरिक स्वास्थ्य परिक्षण रहेका छन् भने यो प्याकेज यहि मार्च ४ तारिक देखि २४ तरिक सम्मको लागि मात्र लागु रहने पनि उक्त मेडिकल सेन्टरले जनाएको छ । स्वास्थ्य योजनाको विवरणको लागि तल दिइएको प्याकेज हेर्न सक्नुहुनेछ ।

वार्षिक शारीरिक स्वास्थ्य परिक्षण प्याकेज (४ केडि):
प्याकेजमा समावेश: सीबीसी, आरबीएस-चिनी परीक्षण, युरिक एसिड, बीपी- चेक-अप, अक्सिजन संतृप्ति स्तर, पल्स रेट, नि: शुल्क जीपी डाक्टर परामर्श, र १० दिनका लागि नि: शुल्क अनुगमन।

वार्षिक शारीरिक स्वास्थ्य परिक्षण प्याकेज (१४ केडि):
प्याकेज समावेश: सीबीसी, आरबीएस-चिनी परीक्षण, युरिक एसिड, क्रिएटिनिन, टोटल कोलेस्ट्रॉल, बिलीरुबिन टोटल, पेशाब दिनचर्या विश्लेषण, छाती एक्स-रे, बीपी चेक अप, नि: शुल्क जीपी डाक्टर परामर्श, र १० दिनका लागि नि: शुल्क अनुगमन।

वार्षिक शारीरिक स्वास्थ्य परिक्षण प्याकेज (२४ केडि):
प्याकेज समावेश: सीबीसी, एफबीएस, थाइरोइड टेस्ट (TSH), किडनी स्क्रीनिंग (UREA, Uric एसिड, र क्रिएटिनिन), लिभर स्क्रिनिंग (SGPT, SGOT), लिपिड प्रोफाइल, मूत्र पथ विश्लेषण, चेस्ट एक्स-रे, ECG, अल्ट्रासाउंड पेट, बीपी चेक अप, नि: शुल्क GP चिकित्सक परामर्श, र नि: शुल्क फलो अप १० दिन को लागी।
अधिक जानकारी को लागी 24759250/70/80 वा 60689323 मा सम्पर्क गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...