Friday 19th June 2026

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल मार्च ७ देखी पुन: संचालनमा आउने


तीतोपाटी- कुवेत नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले आगामी ७ मार्च देखि अन्तराष्ट्रिय विमानस्थल पुनः २४ घण्टा सुरु गर्ने घोषणा गरेको छ।

कुवेतमा बढ्दो कोरोना भाइरस संक्रमणको कारण रोकिएको  आन्तरिक हवाई उडान पुन संचालन गर्ने हवाई यातायात विभागका निर्देशक, नागरिक उड्डयन विभागका महानिर्देशनालयका अब्दुल्लाह अल-राजीद्वारा दिनको २४ सै घण्टा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल खोल्न परिपत्र जारी गरिएको बताएका छन।

राष्ट्रिय उड्डयन सेवाका महाप्रबन्धकलाई सम्बोधन गरिएको उक्त परिपत्र अनुसार आगामी मार्च ७ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको आजको अल-कबास दैनिकमा खबर छ।

केही दिन देखि बढ्दो क्रममा रहेको कोरोना भाइरसले गर्दा कुवेत सरकारले गत शनिवार देखि कुवेतमा आगमन हवाई उडानबाट हुने आवागमन सेवाबन्द गरेको छ । त्यस प्रति बन्द संगै बिश्वबाट कुवेत हुने सबै उडान बन्द अवस्था रहेका थिए।

नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले विश्वबाट कुवेत आउन चाहाने आप्रवासी सबैलाई बिस्तारै सहज वातावरण बनाउदै जाने बताउँदै कुवेत आउदा कोरोना भाइरस फैलावट रोक्न गर्नु पर्ने सबै सावधानी पूर्ण पालाना गरेर मात्र आउन सकिने जनाएका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...