नारायण कोइराला – उनी बिहान उठी फेसबुक खोलिन्। गीतको धेरै साैखिन भएकोले प्रायः युटुब हेर्ने भए पनि आज उनलाई फेसबुकले अति आकर्षण गरिरहेको थियो । फेसबुकमा जताततै एउटा समाचार घुमि रहेको थियो । किशोरीको बलत्कार,अती दुःखदायी समाचार । यस्तो समाचारले उनको मन दुख्ने नै भयो । त्यो दिन समाचारमा हार्दिक श्रद्दाञ्जली लेखिसकेपछि उनीआफ्नो मन पसंद गीतहरू सुन्न युटुब तिर लगिन् ।
अर्को दिन साँझतिर फेरि यसो फेसबुक हेर्न पर्यो भनी उनले फेसबूक खोलिन् ।आज पनि त्यो समाचार घुमि रहेको थियो । समाचारमा त्यो घटना सँग अर्को सामग्री पनि थपिएको थियो, अनुसन्धानको लागि प्रहरीले एकजना युवा समात्यो ।
समाचारमा अनुसन्धान मात्र लेखिएको थियो । अपराधीले कडा सजाय पाउनु नै पर्ने कुरामा उनी पनि सहमत थिइन् । उनले समाचारको तल पट्टी कमेन्ट हेर्न थालिन् । पढ्न नसक्ने शब्दहरु लेखिएका थिए । उनले अरू कमेन्ट हेर्न छोडी अरू पोस्ट हेर्न थालिन् । जति फेसबुक हेर्छिन् प्रहरीले अनुसन्धानको लागि समाएको मानिसको फोटो अनि फाँसी,दिनुपर्छ,सडकमा लगेर पेट्रोल राखी जलाउनु पर्छ । यी त पढ्न सक्ने कमेन्ट थिए,बाँकी,…….।
भोली बिहान फेरि अर्को न्युज आयो । समातिएको मानिस निर्दोष रहेछ । अनुसन्धानबाट उसलाई छोडिएको छ । अब उनी सोच्न बाध्य भइन् ।”हिजो यत्रो अदालत, गाली-गलाैज गरेर फेसबुकमा अदालतको जस्तो फैसला सुनाउनेलाई के सजायँ हुन्छ त?”
या फेसबुकमा जे लेख्दा नी हुने हो? यो प्रश्नले उनलाई तर्साइरहेको थियो ।
नारायण कोइराला
तानसेन, पाल्पा
हाल ,यूएई।