Saturday 10th October 2026

लघुकथाः फेसबुकको अदालत


नारायण कोइराला – उनी बिहान उठी फेसबुक खोलिन्। गीतको धेरै साैखिन भएकोले प्रायः युटुब हेर्ने भए पनि आज उनलाई फेसबुकले अति आकर्षण गरिरहेको थियो । फेसबुकमा जताततै एउटा समाचार घुमि रहेको थियो । किशोरीको बलत्कार,अती दुःखदायी समाचार । यस्तो समाचारले उनको मन दुख्ने नै भयो । त्यो दिन समाचारमा हार्दिक श्रद्दाञ्जली लेखिसकेपछि उनीआफ्नो मन पसंद गीतहरू सुन्न युटुब तिर लगिन् ।

अर्को दिन साँझतिर फेरि यसो फेसबुक हेर्न पर्यो भनी उनले फेसबूक खोलिन् ।आज पनि त्यो समाचार घुमि रहेको थियो । समाचारमा त्यो घटना सँग अर्को सामग्री पनि थपिएको थियो, अनुसन्धानको लागि प्रहरीले एकजना युवा समात्यो ।

समाचारमा अनुसन्धान मात्र लेखिएको थियो । अपराधीले कडा सजाय पाउनु नै पर्ने कुरामा उनी पनि सहमत थिइन् । उनले समाचारको तल पट्टी कमेन्ट हेर्न थालिन् । पढ्न नसक्ने शब्दहरु लेखिएका थिए । उनले अरू कमेन्ट हेर्न छोडी अरू पोस्ट हेर्न थालिन् । जति फेसबुक हेर्छिन् प्रहरीले अनुसन्धानको लागि समाएको मानिसको फोटो अनि फाँसी,दिनुपर्छ,सडकमा लगेर पेट्रोल राखी जलाउनु पर्छ । यी त पढ्न सक्ने कमेन्ट थिए,बाँकी,…….।

भोली बिहान फेरि अर्को न्युज आयो । समातिएको मानिस निर्दोष रहेछ । अनुसन्धानबाट उसलाई छोडिएको छ । अब उनी सोच्न बाध्य भइन् ।”हिजो यत्रो अदालत, गाली-गलाैज गरेर फेसबुकमा अदालतको जस्तो फैसला सुनाउनेलाई के सजायँ हुन्छ त?”
या फेसबुकमा जे लेख्दा नी हुने हो? यो प्रश्नले उनलाई तर्साइरहेको थियो ।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल ,यूएई।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...