Thursday 23rd July 2026

कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति


कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति

कुवेत सरकारको निर्णय अनुसार आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्ध पछि पुनः फेब्रुअरी २१ तारिक अर्थात आगामी आइतवार देखी कुवेत प्रवेशमा अनुमती दिइने भएको छ।

प्रतिबन्धित ३५ देश बाट कुवेत यात्रा गर्नेहरु १४ दिन दुबइमा क्वारेन्टाइन बस्नुपर्ने छ भने उक्त बसाई संगै कुवेत आइसकेपछी पछि यात्री स्वयंको खर्चमा एक हप्ताको लागि पुनः होटल क्वारेन्टाइनमा बस्नु पर्ने अल-कबासले जनाएको छ।

प्रतिबन्ध लागेका ३५ देशका कामदारहरूलाइ कुवेतमा सिधा प्रवेश सम्बन्धमा अनुमति दिनका लागि कुनै नयाँ ब्यवस्था गरिएको छैन। कोभिड-१९ को ‘उच्च जोखिम भएका ३५ देशबाट कुवेत यात्रा गर्ने यात्रुले आफू ट्रान्जिट हुने देशमा १४ दिन क्वारेन्टाइन अनिवार्य बस्नु पर्ने निमय कायमै रहेको र उक्त देशहरुका यात्रीहरुलाई सिधा कुवेत प्रवेश गर्न निषेध गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार प्रतिबन्धित देशहरूबाट कुवेत आउनेहरूले पीसीआर परीक्षण प्रमाणपत्र अनिवार्य लिएर आउनु पर्ने हुन्छ।

त्यस्तै पीसीआर परीक्षण प्रमाणपत्रको हकमा नमूना लिएको ७२ घण्टा भित्र यात्रा गर्नु पर्नेछ भने कुवेतमा प्रस्थान गर्नु अघि सबै यात्रुहरूले कुवेत मोसाफर आवेदनमा दर्ता गर्नुपर्नेछ।

कुवेत आउने यात्रुहरूको संख्या घटाउने विषयमा हाल सम्म कुनै पनि नयाँ निर्णय नभएको बताउदै अहिले पनि प्रतिदिन एकहजार जनाको लागि मात्रै रहेको छ भने एक उडानमा ३५ जना सम्मले यात्रा गर्न पाउने र उक्त नियम आगामी फेब्रुअरी २१ पछि पनि जारी रहने कुवेत सरकारको नागरिक उड्डयन प्राधिकरणलाइ उधृत गर्दै अल-कबास दैनिकले समाचार छापेको छ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...