Friday 25th September 2026

कुवेतमा एक महिनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेत सरकारले एक महीनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको छ ।

कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना देश बाट प्रस्थान गरेका गरी कुल ९२७१ जना रहेको अलराय दैनिकले जनाएको छ।

त्यस्तै स्थानीय संचार अलरायको पछिल्लो जानकारी अनुसार कुवेतमा ३६२ जनाको कार्य अनुमति १५ दिनमा जारी गरिएको थियो।जबकि पछिल्लो २७ दिनमा ९२७१ जना आप्रवासीको कार्य अनुमति रद्द गरिएको छ।

संसार भरिका देशहरुमा कोरोना भाइरसको कारण अहिलेसम्म २२ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ।साथै योभन्दा बढी करिब१० करोड मानिसहरू यस भाइरसबाट संक्रमित भइसकेका छन्। सोही भाइरसको कारण एकै साथ ३५ देश प्रतिबन्धित अवस्थामा छन।जसका कारण धेरै मानिसहरु कुवेत आउन सकेका छैनन। यस कारण कुवेत सरकारले कार्य अनुमति रद्द गरीरहेको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...