Tuesday 16th April 2024

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या


तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो ।

बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि उनीहरुलाई नेपाल भगाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चौकिदारीका लागि बालिकाका बाबु परिवारसहित सो स्थानमा बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको देखिएको छ । उनलाई निलम्बन गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

घटनाको १२ दिनपछि फेब्रुअरी दुईमा पीडितले एघार जनाविरुद्ध प्रहरी समक्ष उजुरी दर्ता गराएका छन् । तिमध्ये विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान…

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

प्रतिकृयाहरू
...