Thursday 10th September 2026

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या


तितोपाटी- भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो ।

बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि उनीहरुलाई नेपाल भगाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चौकिदारीका लागि बालिकाका बाबु परिवारसहित सो स्थानमा बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको देखिएको छ । उनलाई निलम्बन गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

घटनाको १२ दिनपछि फेब्रुअरी दुईमा पीडितले एघार जनाविरुद्ध प्रहरी समक्ष उजुरी दर्ता गराएका छन् । तिमध्ये विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...