Sunday 28th December 2025

कोरोनाको कारण विदेशमा अहिलेसम्म जम्मा ३३३ नेपालीको मृत्यु


विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विदेशमा अहिले सम्म ३३३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भए  संगै यो संख्या ३३३ पुगेको हो ।

अहिले सम्म विदेशका २१ देशमा कोरोना संक्रमणका कारण नेपालीको मृत्यु भएको छ भने जम्मा ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...