Monday 24th August 2026

कुवेतमा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी:नियम नमाने ६ महीना जेल र १० हजार दिनार जरिवाना


तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय ‍र जरिवाना तिराउने भएको छ।

भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए बमोज़िम कारवाई हुने भएको छ।

कुवेतमा कोरोना भाइरसको संक्रमण बढ़े संगै कुवेत सरकारले थप कडाई गर्दै लैजाने निर्णय गरेको हो

सरकारले उक्त मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने र सतर्कता र सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघनकर्तालाई कानून बमोजिम छ महिना भन्दा बढीको अवधि जेल सजाय र दश हजार दिनार भन्दा बढी जरिवाना हुन बताएको छ।

कुवेत सरकारको गृह मन्त्रालयले कुवेतमा रहेका सबै नागरिकहरूलाई सरकारद्वारा तोकिएका नितीनियमहरुको पालना गर्न अनुरोध गरेको छ।

नागरिक र प्रवासीलाई सम्बन्धित अधिकारीले जारी गरेको स्वास्थ्य दिशानिर्देशहरूको पालना गर्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै आन्तरिक मन्त्रालयले कानूनको उल्लंघन गर्नेहरूलाई हदै सम्मको सजायँ गरिने बताए।

कुवेतस्थित आन्तरिक मन्त्रालयका अनुसार संक्रमित रोगको रोकथाम सम्बन्धी स्वास्थ्य मन्त्रालयको निर्देशन उल्लंघन गर्ने जो कोहीलाई पनि कडा कारवाई गरिने र नयाँ नियमअनुसार कार्यालय वा कुनै पनि सार्वजनिक स्थलमा सीमित मानिस मात्रै भेला हुन पाउने बताइउ पनि कति जना सम्मको जमघट हुन पाउने बताइएको छैन। यसरी भेला हुँदा पनि एकअर्कासँग एक वा एक भन्दा बढी मिटरको दूरीमा बस्नु पर्ने साथै यो नियम सुपरमार्केट, रेस्टुरेन्ट र सपिङमलमा पनि लागू हुने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

प्रतिकृयाहरू
...