Friday 30th October 2026

बर्मामा सेनाले कब्जामा लियो सत्ता : संकटकालको घोषणा


नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।  सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभम्बरमा सूकीको पार्टी नेशनल लिग अफ डेमोक्रेसीले (एनएलडी) ले भारी बहुमत प्राप्त गरेपछि सेनाले धाँदली भएको बताउँदै आएको थियो । शनिबार मात्र सेनाले ‘कू’ गर्न सक्ने आशङ्का भएपछि उसले मुलुकको संविधानको पालना गर्ने बताएको थियो । तर त्यसको बिपरीत सोमबार बिहान संसद बैठक बस्नुभन्दा पहिले नै सेनाले सत्ता कब्जा गरेको हो ।

अहिले सडकमा सेना परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी सञ्चार सम्पर्कसमेत निशेध गरिएको छ भने त्यहाँका स्थानीय सञ्चारमाध्यमको प्रशारणमा समेत सेनाले प्रतिबन्ध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...