Sunday 26th July 2026

बर्मामा सेनाले कब्जामा लियो सत्ता : संकटकालको घोषणा


नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।  सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभम्बरमा सूकीको पार्टी नेशनल लिग अफ डेमोक्रेसीले (एनएलडी) ले भारी बहुमत प्राप्त गरेपछि सेनाले धाँदली भएको बताउँदै आएको थियो । शनिबार मात्र सेनाले ‘कू’ गर्न सक्ने आशङ्का भएपछि उसले मुलुकको संविधानको पालना गर्ने बताएको थियो । तर त्यसको बिपरीत सोमबार बिहान संसद बैठक बस्नुभन्दा पहिले नै सेनाले सत्ता कब्जा गरेको हो ।

अहिले सडकमा सेना परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी सञ्चार सम्पर्कसमेत निशेध गरिएको छ भने त्यहाँका स्थानीय सञ्चारमाध्यमको प्रशारणमा समेत सेनाले प्रतिबन्ध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...