Thursday 25th June 2026

कविताः चञ्चले चित्त – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन्
वायु ती सभ्य छन दानका भक्त छन्
अग्नि ती देख्दछौ दानका सारथि
दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺

सूर्य हुन् देवता चन्द्रमा देवता
अग्नि हुन् देवता वायु ती देवता
दानको मान्यता दानले भव्यता
दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺

सूर्यको पुञ्जमा योगले एकता
योगले अग्निको देख्दछौँ मान्यता
वायुको साथमा वायुको मान्यता
सूर्यले वायुले जान्दछन् सभ्यता ।३।🌷🙏🌺

स्वार्थका भक्तले तोड्दछन फोड्दछन्
योग हो साधुको सन्तको भन्दछन्
स्वार्थको मातमा व्यक्ति ती पुज्दछन्
स्वार्थको लोभमा लोकमा डुल्दछन्।४।🌷🙏🌺

चञ्चले चित्तले भ्रमको सिर्जना
भ्रमको तालमा डुब्दछन् दुर्जन
जीवनी बागमा फूल हो सभ्यता
योगले एकता थप्दछन् शुध्दता।५।🌷🙏🌺
धन्यवाद 🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...