Saturday 29th August 2026

गोमा कुमालका गजल संग्रह – २


तिम्रो दिलमा बस्नु छ घर देऊ प्यारा ।
मलाई तिम्रो नाम अनि थर देऊ प्यारा ।।

माटोलाई ढुङ्गा भएझैं ढुङ्गालाई माटो
एक यस्तै विस्वासको भर देऊ प्यारा ।

सकीदैन भन्न सङ्गै मरिन्छ बाचिन्छ
जीवनभरी नछुटिने सफर देऊ प्यारा ।

लाग्छ परेली नझिम्काई एकनासै हेरिरहु
यहि मीठो पलको एक नजर देऊ प्यारा ।

तिम्रो मायामा बगिरहु यस्सै गरी सधैंभरी
नदी जस्तो जोवनको लहर देऊ प्यारा ।

-गोमा कुमाल
माथागढी – २ रुप्से, पाल्पा
लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई…

नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ।…

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ।…

प्रतिकृयाहरू
...