Saturday 20th April 2024

सवारी चालकसँग घूस लिने तीन प्रहरी कर्मचारी निलम्बनमा


तितोपाटी- सवारी चालकसँग घूस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौँडामा झिकाइएकोमा उनीहरूको सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।
प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिइन् । निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिँदै गरेको अवस्थामा उनीहरूलाई गत ६ माघ मानियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरीले सम्बन्धित स्थानमा स्थलगत रूपमा खटिइ गएका प्रहरी अधिकृतको टोलीले डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालमार्फत भरतपुर महानगरपालिका–१ पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल) बाट अवैध रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
चितवनको नारायणगण, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माइक्रोबस व्यवसायीका दलालमार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीले पैसा लिने गरेको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीको सङ्लग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी खटिएको थियो ।
आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउन बागमती प्रदेश प्रहरीले विशेष अभियानको रूपमा सञ्चालन गरिरहेको छ । बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाइ मातहत प्रहरी कर्मचारीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ । रासस


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...