Friday 9th October 2026

बैतडीमा दुई युवकबाट एक किशोरी बलात्कृत


तितोपाटी- बैतडीमा पछिल्लो समयमा बलत्कारका घटनाहरु बढी रहेका छन् । पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई सामुहिक बलत्कार गर्ने दुई जना पक्राउ परेको हप्ता दिन नपुग्दै पुनः सिगास गाउपालिकामा १६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिगास गाउपालिकाका ३० वर्षीय टेक बहादुर धामी र ५४ वर्षीय लक्ष्मण सिह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक जनक सिंह धामीले जानकारी दिनुभयो ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय पाटनमा दिएको जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उाले बताउनुभयो ।

पीडितको पनि पहिचाल खुल्न सक्ने भन्दै पक्राउ परेका आरोपीतहरुको वडा खुलाइएको छैन । प्रहरीका अनुसार आरोपीत दुबैले मेलापात गर्न जादार घरमै आएर डर त्रास देखाएर करणी गरेको बताएको प्रहरीले जनाएको छ ।

यस अघि यहि पुस २९ गते पनि पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा मेलौली २ का प्रबिन चन्द र पञ्चेश्वर ४का धर्मेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।

–साभार न्युज24नेपालबाट


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...