Tuesday 23rd April 2024

बैतडीमा दुई युवकबाट एक किशोरी बलात्कृत


तितोपाटी- बैतडीमा पछिल्लो समयमा बलत्कारका घटनाहरु बढी रहेका छन् । पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई सामुहिक बलत्कार गर्ने दुई जना पक्राउ परेको हप्ता दिन नपुग्दै पुनः सिगास गाउपालिकामा १६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिगास गाउपालिकाका ३० वर्षीय टेक बहादुर धामी र ५४ वर्षीय लक्ष्मण सिह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक जनक सिंह धामीले जानकारी दिनुभयो ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय पाटनमा दिएको जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उाले बताउनुभयो ।

पीडितको पनि पहिचाल खुल्न सक्ने भन्दै पक्राउ परेका आरोपीतहरुको वडा खुलाइएको छैन । प्रहरीका अनुसार आरोपीत दुबैले मेलापात गर्न जादार घरमै आएर डर त्रास देखाएर करणी गरेको बताएको प्रहरीले जनाएको छ ।

यस अघि यहि पुस २९ गते पनि पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा मेलौली २ का प्रबिन चन्द र पञ्चेश्वर ४का धर्मेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।

साभार न्युज24नेपालबाट


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...