Friday 9th October 2026

नेपाललाई २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप दिन रुस तयार


तितोपाटी- रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ ।

रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ ।

यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ । पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

प्रतिकृयाहरू
...