Wednesday 24th April 2024

नेपाललाई २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप दिन रुस तयार


तितोपाटी- रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ ।

रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ ।

यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ । पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...