Tuesday 13th January 2026

कुवेतमा लोकल मदिरा सहित नेपाली समुह पक्राउ


तितोपाटी-कुवेतमा मदिरा प्रतिबन्धित रहेता पनि कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली समुहलाई कुवेत पुलिसले पक्राउ गरेको छ ।

कुवेतस्थित शुबिया क्षेत्रको रीक्रो कारखानामा १४० ब्यारल सहित नेपाली समुहलाई अब्दाली प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘शुबिया क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा छापा मारेको हो।

अब्दाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापामा मार्दा त्यहाँ नेपाली समुहद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापा मार्ने क्रममा १४० ब्यारल लोकल मदिरा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेकाहरु अवैध कामदार रहेका र आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायले बुझाइएको समाचारमा उल्लेख छ ।
पक्राउ पर्नेहरुमा नेपाली समूह रहेता पनी महिला, पुरुष, र कती जनाको संख्या भनेर खुलाइएको छैन।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...